Online Nepal आइतबार, बैशाख २३ २०८१

सेयर लगानीकर्तालाई खुसीको खबर, अब घरबाटै केवाईसी भर्न पाउने

सेयर लगानीकर्तालाई खुसीको खबर, अब घरबाटै केवाईसी भर्न पाउने


मध्यान्तर
  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौं । शेयर लगानीकर्ताहरूले अब घरबाटै ग्राहक पहिचानसम्बन्धी फर्म केवाईसी भर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका २०७७ स्वीकृत गरेसँगै लगानीकर्ताले घरबाटै विदुतीय माधयमबाट केवाईसी भर्न पाउने भएका हुन् ।

    कोरोना महामारीले गर्दा लगानीकर्ता धितोपत्र व्यावसायीकहाँ गएर ग्राहक पहिचान फारम भर्न असहज देखिएकाले घरैबाट भर्न मिल्ने बनाउन निर्देशिका स्वीकृत गरिएको बोर्डले जनाएको छ । बोर्डले यो निर्देशिका कार्यान्वयनका लागि सीडीएस एण्ड क्लियरिङ मा पठाएको छ ।

    लगानीकर्ताहरुले अब घरैबाट केवाईसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारीमार्फत आफैं व्यक्तिगत पहिचानसहितको केवाईसी विवरण भर्न सक्ने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार