Online Nepal बुधबार, बैशाख १९ २०८१

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा


मध्यान्तर
  • मंगलबार, चैत्र ३१ २०७७

  • काठमाडौं । मंगलवार नेप्से परिसूचक  हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  नेप्सेले २७०० विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको छ । बैंकिङ समूहले ‘लिड’ गर्दा नेप्सेले नयाँ विन्दु कायम गरेको हो । मंगलबार सेयर बजार परिसूचक नेप्से २३ अंकले बढेर २७ सय १४ विन्दुमा पुगेको छ  । हिजो सोमबार पनि नेप्से १७ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । आज वाणिज्य बैंक समूहमा ४२ अंकको बृद्धि आयो भने विकास बैंक समूह पनि ९५ अंकले बढ्यो । व्यापार समूह ६९ अंकले बढ्दा जलविद्युत समूह पनि ३१ अंकले उक्लियो । मंगलवार २०९ कम्पनीको १ करोड ४६ लाख कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबारको सेयर कारोबारमा ८५ कम्पनीको सेयर मुल्य बढ्यो भने, ८६ कम्पनीका सेयरको मुल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    प्रतिक्रिया
    थप समाचार