Online Nepal बुधबार, बैशाख १९ २०८१

कारोबारको पाँचौँ दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

कारोबारको पाँचौँ दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि


मध्यान्तर
  • बिहिबार, बैशाख ९ २०७८

  • काठमाडौं । नेप्से परिसूचक कारोबारको पाँचौँ दिन दोहोरो अंकले बढेको छ  ।
    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा पुगेको । यसदिन होटेल र पर्यटन तथा म्युचुअल फन्डबाहेक अरु कारोबार भएका सबै समूह बढेसँगै नेप्से दोहोरो अंकले सुधारिएको हो ।
    करिब डेढ महिनापछि खुलेको विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले पोजिटिभ सर्किट लाग्यो । यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्यो । यसदिन २१४ कम्पनीको १ करोड ३० लाख कित्ता सेयर ५ अर्ब ९१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार