Online Nepal बुधबार, बैशाख १९ २०८१

नेप्से परिसूचक ७५.७९ अंकले घट्यो

नेप्से परिसूचक ७५.७९ अंकले घट्यो


मध्यान्तर
  • आइतबार, बैशाख १२ २०७८

  • काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा ठूलो पहिरो गए पनि कारोबार रकम भने ७ अर्ब नाघेको छ । दिनभर १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको छ ।

    कोरोनको दोस्रो लहर सुरु भएपछि एकै दिन आइतबार यति धेरै अंकले नेप्से घटेको हो ।

    प्रतिक्रिया
    थप समाचार