Online Nepal बुधबार, बैशाख १९ २०८१

कोरोनाको त्रासले शेयर बजारमा नकारात्मक प्रभाव, सोमबार नेप्से परिसूचक ६५.५८ अंकले घट्यो

कोरोनाको त्रासले शेयर बजारमा नकारात्मक प्रभाव, सोमबार नेप्से परिसूचक ६५.५८ अंकले घट्यो


मध्यान्तर
  • सोमबार, बैशाख १३ २०७८

  • काठमाडौं ।  कोरोनाको त्रासले शेयर बजारमा नकारात्मक प्रभावले सोमबार पनि नेप्से परिसूचक ६५.५८ अंकले घटेर    २५०६.५८ विन्दुमा झरेको छ। बैशाख २ गते हालसम्मकै उच्च २७३५ विन्दुमा पुगेको नेप्से सूचक सोमबारसम्म्मा २३० अंकले घटिसकेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स पनि ११ अंकले घटेको छ। यस्तै सोमबारको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट देखिएको छ। आइतबार ७ अर्ब माथिको शयर कारोबार भएकोमा सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

    यस दिन २२० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँमा खरिद बिक्री भएको छ।अधिकाश कम्पनीको शेयरमूल्यमा गिरावट, ८ वटाको बढ्यो
    सोमबार कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्यमा गिरावट देखिएको छ। यस दिन कारोबारमा आएका १७१ वटा कम्पनीको शेयरमूल्यमा गिरावट देखिएको छ भने ८ वटा कम्पनीको शेयरमूल्यमा मात्रै बृद्धि भएको छ।

    यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। दुबै कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको हो।

    यता गुडविल फाइनान्सको शेयरमूल्य पनि ३ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशनको पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ।

    सोमबार रिलायन्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८।०६ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाइड्रोपावरको ७.५६ प्रतिशत, सिन्धु विकास बैंकको ७.२७ प्रतिशत र युनाइटेड इदि मर्दि हाइड्रोपावरको ६.६७ प्रतिशतले घटेको छ।
    सोमबार अपर तामाकोशीको सबैभन्दा धेरै ३१ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २५ करोड २९ लाख, पुनरविमा कम्पनीको २० करोड २४ लाख र नविल बैंकको १९ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
    सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ भने हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ।

     

    प्रतिक्रिया
    थप समाचार