Online Nepal बुधबार, बैशाख १९ २०८१

लगातार घटेको सेयर बजार मंगलवार ९२ अंकले वृद्धि

लगातार घटेको सेयर बजार मंगलवार ९२ अंकले वृद्धि


मध्यान्तर
  • मंगलबार, बैशाख १४ २०७८

  • काठमाडौं । लगातार घटेको सेयर बजार मंगलवार दोहोरो अंकले बढेको छ । गत सात कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो। यस दिन ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।
    कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि कम देखिएको छ। अघिल्लो दिन सोमबार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
    १० कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ९.८९ प्रतिशत, समिट लघुवित्तको ९.७५ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ९.६४ प्रतिशतले बढेको छ। यता गुडविल फाइनान्सको शेयरमूल्य भने १.०९ प्रतिशतले घटेको छ।

    मंगलबार अपर तामाकोशीको सबैभन्दा धेरै २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २१ करोड १६ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ५१ लाख रुपैयाँ नविल बैंकको १३ करोड ५२ लाख रुपैयाँ र छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशतले बढेको छ।

     

    प्रतिक्रिया
    थप समाचार