Online Nepal बुधबार, बैशाख १९ २०८१

निषेधाज्ञाको पहिलो दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि

निषेधाज्ञाको पहिलो दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि


मध्यान्तर
  • बिहिबार, बैशाख १६ २०७८

  • काठमाडौं । निषेधाज्ञाको पहिलो दिन तथा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २५.८२ अंकले बढेको छ । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ ।
    आज  होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ ।
    सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।
    खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन ।

    प्रतिक्रिया
    थप समाचार