Online Nepal बुधबार, बैशाख १९ २०८१

निषेधाज्ञाले सेयर बजारलाई असर गरेन, आइतबार पनि नेप्सेमा दोहोरो अंकले वृद्धि

निषेधाज्ञाले सेयर बजारलाई असर गरेन, आइतबार पनि नेप्सेमा दोहोरो अंकले वृद्धि


मध्यान्तर
  • आइतबार, बैशाख १९ २०७८

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार  नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।

    केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज उल्लेख वृद्धि भएको  छ । आइतबार  २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । समूहगत सूचकहरु सबै बढ्दा विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएको छन् । यसैगरी महिला लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, सानिमा जनरल इन्स्यारेन्स र सिनजी पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक, सनराइज फस्र्ट म्युचुअल फण्ड, एनआईवीएल समृद्धि फण्ड, नेपाल हाइड्रो डेभलपर्स लगायत देखिएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार