Online Nepal बुधबार, बैशाख १९ २०८१

सेयर बजारमा सामन्य करेक्सन, सोमबार नेप्से १२.३६ अंकले घट्यो

सेयर बजारमा सामन्य करेक्सन, सोमबार नेप्से १२.३६ अंकले घट्यो


मध्यान्तर
  • सोमबार, बैशाख २० २०७८

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामन्य करेक्सन आएको छ। नेप्से परिसूचकमा सोमबार १२ अंकको करेक्सन देखिएको हो। यस दिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा झरेको छ।यस दिन कारोबार रकम भने अघिल्लो बढेको छ। आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।

    सोमबार कारोबारमा आएका ३ वटा उपसमूहमध्ये दुई उपसमूहको सूचक सककारात्मक देखिएका छन भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।यता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ३.५३ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.३४ प्रतिशत, जानकी फाइनान्सको ३.२७ प्रतिशत र सिन्धु विकास बैंकको २.७२ प्रतिशतले घटेको छ।

    सोमबार अपि पावरको सबैभन्दा धेरै ३९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुर्नविमा कम्पनीको २९ करोड ग्रामिण विकास लघुवित्तको २८ करोड, हिमालयन डिस्टिलरीको २७ करोड र एनसिसि बैंकको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
    यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ११३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ।

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार