Online Nepal आइतबार, बैशाख २३ २०८१

चुत्ता पुँजी बढाउने निर्णयले बिमा कम्पनीको मुल्यमा वृद्धि

चुत्ता पुँजी बढाउने निर्णयले बिमा कम्पनीको मुल्यमा वृद्धि


मध्यान्तर
  • आइतबार, चैत्र १३ २०७८

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा १.५९ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा डेढ प्रतिशतमाथिको गिरावट हुँदा बजार २५०० अंकको लाइनमा आएको छ ।

    सुरुवाती समयमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार सुरु भएको केही समयमै घट्न सुरु भएको नेप्से ४१.४३ अंकले गिरावट भएर २५७२.२३ अंकमा बन्द भएको छ ।

    बजार परिसूचकमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेको छ । गएको बिहीबार तीन अर्ब २५ करोड रुपैयाँको कारोबार भएको बजारमा आज चार अर्ब ९९ करोडको कारोबार भएको छ ।

    नेप्सेमा डेढ प्रतिशतमाथिको गिरावट हुँदा निर्जीवन बिमाबाहेक सबै उपसूचकमा गिरावट भएको छ । गएको शुक्रबार बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी साढे २ गुणले बढाउने निर्णय गरेको थियो । जसले गर्दा सुरुवाती समयमा बिमा कम्पनीहरूको सेयर मूल्यमा उच्च वृद्धि भए पनि अन्तिममा जीवन बिमा उपसूचकमा गिरावट भयो । निर्जीवन बिमा उपसूचकमा १.०९ प्रतिशतले बढेर बन्द भयो ।

    आज बजारमा कारोबार रकममा अपी पावरले लिड गरेको छ । कम्पनीको साढे २७ करोडको सेयर कारोबार हुँदा गुराँस लाइफको साढे १७ करोड र एभरेष्ट इन्स्योरेन्स र सूर्या लाइफको १६ करोडभन्दा माथिको कारोबार भएको छ । पुँजी वृद्धि निर्णयले बिमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

    आज नेप्सेमा १९४ कम्पनीको सेयर कारोबारमा आउँदा १६६ कम्पनीको सेयर मूल्यमा गिरावट र तीन कम्पनीको सेयर मूल्य स्थिर छ । यस्तै, २५ कम्पनीको सेयर मूल्य बढेको छ ।

    आज कारोबार भएका मध्ये जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९.६७ प्रतिशतले गिरावट हुँदा जनरल इनस्योरेन्सको ९।६५ प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार