Online Nepal मंगलबार, जेष्ठ १ २०८१

महिन्द्राको नयाँ वर्कशप सिमारामा

महिन्द्राको नयाँ वर्कशप सिमारामा


मध्यान्तर
  • सोमबार, चैत्र १८ २०७५

  • काठमाडौं । एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले बाराको जितपुर सिमरा उपमहानगरमा नयाँ वर्कशप स्थापना गरेको छ । यही चैत ११ मा उक्त वर्कशप स्थापना गरिएको कम्पनीले जनाएको छ ।

     

    वर्कशपको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड ब्रदर्सका उपप्रमुख विवेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका नेपाल र भुटान हेर्ने देशीय प्रमुख चैतन्य कागल्कर, कन्ट्री मेनेजर सर्भिसका तपस पट्टनायक, दुगड ब्रदर्सका जीएम वेद प्रकाश शर्मा, अपरेसन हेड शम्भु प्रसाद सुवेदी, सर्भिस हेड सुदिप राज सुवेदी तथा कम्पनीकै चन्दन रौनियारको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

    २० सर्भिस वे भएको यो वर्कसप १६ हजार वर्ग फिटको रहेको छ । यस वर्कशपमा ९ हजार वर्ग फिटको पार्ट्स काउन्टर र २७ हजार वर्ग फिटको पार्ट्स गोदाम पनि उपलब्ध छ । वर्कशपमा गाडी रिपेयरका लागि अत्याधुनिक सुविधाको साथै कस्टमर लन्जको पनि प्रबन्ध रहेको छ ।

    दुगड ब्रदर्स विगत २७ वर्षयता महिन्द्रा कम्पनीका सवारीसाधन बिक्री गर्दै आएको नेपालको औद्योगिक तथा व्यापारिक घराना कम्पनी हो ।

    प्रतिक्रिया
    थप समाचार