Online Nepal सोमबार, बैशाख २४ २०८१

सानिमा बैंकको बुकक्लोज कात्तिक १७ गते

सानिमा बैंकको बुकक्लोज कात्तिक १७ गते


मध्यान्तर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे साधरण सभा डाकेको छ ।

    सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्। विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ।

    हाल बैंककाे चुक्ता पूँजी ८ अर्ब ८० कराेड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेकाे छ। बाेनस शेयर वितरणा पश्चात बैंककाे चुक्ता पूँजी ९ अर्ब ६८ कराेड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार