Online Nepal आइतबार, बैशाख २३ २०८१

एसईईको नतिजा अन्तिम चरणमा

एसईईको नतिजा अन्तिम चरणमा


मध्यान्तर सम्बाददाता
  • शुक्रबार, साउन १६ २०७७

  • कोरोना कहर पछि यो पटक जाँच नै नभई एक्कासी टेष्ट को जाँचको आधारमा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।कोभिड-१९ का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।
    एसईईको नतिजा सार्वजनिक हुने समय नजिकिँदै गर्दा परीक्षा नियन्त्रण कार्यलयले नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने जानकारी सार्वजनिक गरेको छ । बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने सुविधा सञ्चालन गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार