Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • सोमबार, चैत्र ९ २०७७

  • काठमाडौं । गत गप्ता देखि  लगातार नेप्सेमा १५० अंकको बृद्धिपछि सोमबार २४ अंकको करेक्सन भएको छ। गत तीन दिन लगातार बढेर २५३८ विन्दुमा पुगेको नेप्से सूचक सोमबार २४.०५ अंकले घटेर २५१४.४० विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा खरिद बिक्री भएको छ। सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। सोमबार अपर तामाकोशी र चन्द्रागिरि हिल्सको शेयर सर्किट लेभलमा कारोबार भएको छ। दुबै कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ। त्यस्तै अरुण भ्यालि हाइड्रोपावरको ७.४४ प्रतिशत, आँखु ओलाको ६.२१ प्रतिशत र वोमी लघुवित्तको ५ .९७ प्रतिशतले बढेको छ। यता प्रुडिन्सियल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.७८ प्रतिशतले घटेको छ। सोमबार अपर तामाकोशीको सबैभन्दा धेरै ४६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बंलादेश बैंकको ३१ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २२ लाख र डिप्रोक्स लघुवित्तको २५ करोड ४० लाख रुपैयाँ बराबको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    थप समाचार