Online Nepal आइतबार, बैशाख २३ २०८१

सुन प्रति तोला १लाख ४सय रुपैयाँ

सुन प्रति तोला १लाख ४सय रुपैयाँ


मध्यान्तर
  • मंगलबार, भाद्र २ २०७७

  • काठमाडौं। सुनको मूल्यमा फेरि वृद्धि भएको छ ।गत साता तोलाको एक लाख नाघेर क्रमिक ओह्रालो लागेको सुनको मूल्य मंगलबार एकैदिन २ हजार २०० बढ्दा पुनः लाख नाघेको हो।

    मंगलबारका लागि कारोबार मूल्य १ लाख ४०० रूपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लाख पुगेर ओह्रालो लागेको मूल्य अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीको असर परेको हो। कोरोनाविरुद्धको खोप रुसमा विकास भएको खबर बाहिरिँदा क्रमिक ओह्रालो लाग्न थालेको सुनचाँदीको भाउ मंगलबार पुनः उक्लिएको हो।अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहान सुन प्रतिऔंस १९९०.२० डलरमा कारोबार भएको छ। जबकी सोमबार १९४३.७९ डलरमा मात्रै कारोबार भएको थियो। यसअघि आइतबार बिहान कारोबार मूल्य प्रतिऔंस १९४४.२७ डलर थियो।  नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य ९८ हजार २०० र आइतबार ९८ हजार ४०० रूपैयाँ प्रतितोला भएको थियो। गत शुक्रबारका तुलनामा सोमबारसम्म ४०० रूपैयाँ घटिसकेको थियो। गत साता तोलाको १ लाख २ हजार ६०० सम्म पुगेको थियो।  तेस्तै चाँदी पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढ्दै मंगलबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँ भएको छ। सोमबार १ हजार ३ सय १५ र आइतबार १ हजार ३ सय २५ रूपैयाँ प्रतितोला भएको थियो। त्यसअघि गत शुक्रबार तोलाको १ हजार ३ सय ५५ रुपैयाँ पुगेको थियो।

    अन्तर्राष्ट्रिय बजारमा मंगलबार चाँदी प्रतिऔंस २७.७८ डलर पुगेको छ। सोमबार २६.५७ र आइतबार बिहान २६.४४ डलर प्रतिऔंसमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार