Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

ए लेभलमा जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी ऋतिक ‘वर्ल्ड टपर’

ए लेभलमा जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी ऋतिक ‘वर्ल्ड टपर’


मध्यान्तर
  • शुक्रबार, चैत्र २९ २०७५

  • काठमाडौं । यस बर्ष जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी ऋतिक यादव ‘ए लेभल’ परीक्षा वर्ल्ड टपर भएका छन् । ब्रिटिश काउन्सिलले शुक्रबार राजधानीमा आयोजना गरेको विषेश कार्यक्रममा ए लेभलमा अध्ययन गर्ने विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका विद्यार्थी यादवलाई ‘वर्ल्ड टपर’ को घोषणा गरिएको हो । कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गरेका यादव केमेष्ट्रीमा विश्वको सातौं स्थानमा रहन सफल भएका छन् ।

    कार्यक्रममा वर्ल्ड टप गर्ने यादवसहित विभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वमै प्रसिद्ध मानिएको बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) ए लेभलमा नेपालका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदै आएका छन् । यसअघि पनि जेभियर इन्टरनेशनलकै विद्यार्थीले वर्ल्ड टपरको उपाधि हासिल गरिसकेका छन् ।

    क्याम्ब्रिज विश्वविद्यालयद्वारा संसारभर संचालन गरिएको ए लेभललाई नेपालमा प्लस टु सरहको मान्यता दिइएको जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । उनका अनुसार ए लेभलमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुचि, देशको अवस्था सुहाउदो हुने गरी छानेर पढ्न पाउँछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ ।

    नेपालमा झण्डै दुई दर्जन कलेजले ए लेभलको कोर्ष पढाउने अनुमति लिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार