Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सिंहदरबार अगाडी नेविसंघको प्रदर्शन, शिक्षामन्त्रीको पुत्ला जलाउन खोज्दा २ जना पक्राउ

सिंहदरबार अगाडी नेविसंघको प्रदर्शन, शिक्षामन्त्रीको पुत्ला जलाउन खोज्दा २ जना पक्राउ


मध्यान्तर
  • मंगलबार, बैशाख ३ २०७६

  • काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसहरुमा मापदण्ड विपरित अध्ययन गरिरहेका विद्यार्थीहरुको विषयमा शिक्षा मन्त्रालयले ध्यान नदिएको भन्दै नेविसंघले विरोध तथा प्रदर्शन गरेको छ । विश्वविद्यालयबाट सम्बन्धन लिएर मापदण्ड विपरित विभिन्न कलेजले ३०१ जना विद्यार्थी भर्ना गरी विगत ६ महिना देखि अध्ययन गराएको सम्बन्धमा ध्यानाकर्षण गराउँदा पनि शिक्षा मन्त्रालयले ध्यान नदिएको भन्दै नेविसंघले मंगलबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थीले नाराबाजी गर्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुतला दहन गर्न खोजे पनि सफल भएनन् । विद्यार्थीले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी दुईजनालाई नियन्त्रणमा लिएको थियो । नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले पक्षका विद्यार्थीले मन्त्रीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको प्रहरी जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले नेविसंघमा आबद्ध दुईजनालाई नियन्त्रणमा लिएपछि अरु विद्यार्थी भागेको बताए ।

    शिक्षा क्षेत्रमा भ्रष्टाचार बढेको विद्यालय देखि उच्च शिक्षासम्म अचाक्ली शुल्क वृद्धि जस्ता विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षा मन्त्रालाई गैर जिम्मेवार बनेको भन्दै प्रदर्शन गरिएको नेविसंघका विद्यार्थीले जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार