Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपालको शैक्षिक बजारमा भारतको ख्याति प्राप्त ‘अन्सल युनिभर्सिटी’

नेपालको शैक्षिक बजारमा भारतको ख्याति प्राप्त ‘अन्सल युनिभर्सिटी’


मध्यान्तर
  • सोमबार, जेष्ठ २० २०७६

  • काठमाडौं । भारतको गुडगाउँस्थित नीजि क्षेत्रको ख्याति प्राप्त अन्सल युनिभर्सिटी नेपालको शैक्षिक बजारमा प्रवेश गरेको छ । लामो समयदेखि भारतमा अध्ययन गर्न चाहना राख्ने विद्यार्थीलाई परामर्श दिंदै आएको ‘ई–स्क्वायर एजुकेशन कन्सल्टेन्सी’ले अन्सल युनिभर्सिटीलाई नेपालको शैक्षिक बजारमा भित्र्याएको हो ।

    पहिलो पटक नेपाल प्रवेश गरेको उक्त युनिभर्सिटीले काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी नेपाली बजारमा आफ्नो उपस्थिति रहेको औपचारिक जानकारी दियो । अबका दिनमा भारतमा पढ्न चाहना राख्ने विद्यार्थीलाई एक पटक अन्सल युनिभर्सिटीको बारेमा जानकारी लिन आग्रह गरेको छ । उसले नेपालमा आफ्नो आधिकारीक प्रतिनिधि ईस्क्वायर एजुकेशनमार्फत आवश्यक परामर्श र जानकारी लिन सकिने जनाएको छ ।

    प्राविधिक एवं गुणस्तरिय शिक्षामा ख्याति कमाएको युनिभर्सिटीले नेपाली विद्यार्थीलाई विषेश प्राथमिकतामा राखेर शुल्क निर्धारण गरिएको उक्त युनिभर्सिटी अन्तर्गतको स्कूल अफ हेल्थ साइन्सका डीन सञ्जीव शर्माले जानकारी दिए । उनले फ्याकल्टीअनुसार शुल्क फरक रहेपनि नेपाली विद्यार्थीलाई नेपाली शुल्कमै पढ्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार स्थानिय विद्यार्थीले कुनै विषय पढ्नका लागि भारतीय रुपैयाँ २ लाख शुल्क बुझाउँछ भने नेपाली विद्यार्थीले सोही विषय पढ्न नेपाली रुपैयाँ २ लाख मात्रै शुल्क बुझाए हुन्छ ।

    विना प्रवद्र्धन पनि हाल नेपालबाट २०/२२ जना नेपाली विद्यार्थी आफ्नो युनिभर्सिटीमा अध्ययन गरिरहेको भन्दै डिन शर्माले अबका दिनमा ‘ई–स्क्वायर एजुकेशन’सँगको सहकार्यमा नेपाली विद्यार्थीहरुको उल्लेख्य मात्रामा बृद्धि हुने बताए । सन् १९८९ देखि सुशान्त स्कूल अफ आर्ट एन्ड आर्किटेक्चरका रूपमा स्थापना भएको शैक्षिक संस्था नै सन् २०१२ देखि अन्सल युनिभर्सिटीको रुपमा सञ्चालन हुँदै आएको हो । अन्सलले २०१७ मा उत्तरी भारतको सबैभन्दा उत्कृष्ट युनिभर्सिटीको अवार्ड समेत पाइसकेको छ । कार्यक्रममा युनिभर्सिटीले आर्किटेक्चर, प्लानिङ एन्ड डेभलपमेन्ट, व्यवस्थापन, हस्पिटालिटी, हेल्थ साइन्स, इन्जिनीयरिङ, डिजाइन र कानून गरी ८ विधामा विश्वस्तरीय शिक्षा दिइरहेको डीन शर्माले बताए ।

    बुटिक युनिभर्सिटीको रुपमा परिचित अन्सल युनिभर्सिटीले प्रत्येक सेमेस्टरमा विद्यार्थीले एउटा विषय सम्बन्धित संकायभन्दा बाहिरबाट छान्न पाउने व्यवस्था गरेको प्रमुख बजार अधिकृत अमिल फुलले जानकारी दिए । उनका अनुसार युनिभर्सिटीले शैक्षिक प्रमाणपत्रका साथै विषयगत औद्योगिक प्रमाणपत्र पनि दिने व्यवस्था गरेको छ । भारत सरकारले गत वर्षदेखि ‘स्टडी इन इन्डिया इनिसिएटिभ’ कार्यक्रम शुरू गरेकोमा नेपाललाई पहिलो लक्षित देश बनाएको भन्दै फुलले नेपाली विद्यार्थीलाई अन्सलमा स्वागत गर्न आतुर रहेको बताए ।

    युनिभर्सिटीले विभिन्न शैक्षिक कार्यक्रम अनुसार सर्वशुलभ शुल्क र छात्रबृद्धिकोसमेत व्यवस्था गरेको ई–स्क्वायर एजुकेशनका संचालक कपुर थापाले बताए । उनले भने– ‘भाषा, संस्कृति, रहनसहनमा समानता रहेको भारतमा पढ्न जान चाहने नेपाली विद्यार्थीहरुको लागि अन्सल युनिभर्सिटी उपयुक्त गन्तव्य हो ।’

    प्रतिक्रिया
    थप समाचार