काठमाडौँ । अमेरिकामा गत नोभेम्बर ३ भएको ४६ औँ  राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित  भएका छन्  ।

२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले  बताएको छ।

११ सिट भएको एरिजोना र ६ सिट भएको नेभाडामा बाइडेन सहज अग्रतामा छन्। १६ सिट भएको जर्जियामा भने उनी झिनो मतका साथ अग्रस्थानमा छन्।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो। अघिल्लो पटक ‘रेड’ राज्य बनेका विस्कन्सिन, मिसिगन र पेन्सेल्भिनियालाई बाइडेनले ‘ब्ल्यु’ बनाएका छन्।

उनीसँगै अमेरिकाले पहिलो अश्वेत उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई पनि पाएको छ। उनी केरलियन आमाकी छोरी हुन्।