Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बिश्वभरीमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्यु अमेरिकामा

बिश्वभरीमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्यु अमेरिकामा


मध्यान्तर
  • मंगलबार, मंसिर ९ २०७७

  • काठमाडौं । बिश्वभरीमा कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ७२ हजार ५५६ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।

    प्रतिक्रिया
    थप समाचार