Online Nepal सोमबार, बैशाख १७ २०८१

किसानको लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठनः कृषिमन्त्री खनाल

किसानको लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठनः कृषिमन्त्री खनाल


मध्यान्तर
  • सोमबार, असोज १३ २०७६

  • काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गरेका छन् ।
    आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि बस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताएका हुन् । आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने उनको योजना छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्ष भित्रै ‘कृषिमा युवा कार्यक्रम’ संचालनमा ल्याउने तयारी गरिएको पनि बताए ।

    मन्त्री खनालले कुखुराको दानामा मूल्य वृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको दावी पनि गरे ।

    प्रतिक्रिया
    थप समाचार