Online Nepal बुधबार, बैशाख १९ २०८१

सार्वजनिक सवारीको नयाँ भाडादर तोकियो, डिलक्स सेवामा २० प्रतिशत सम्म बढी लिन पाइने

सार्वजनिक सवारीको नयाँ भाडादर तोकियो, डिलक्स सेवामा २० प्रतिशत सम्म बढी लिन पाइने


मध्यान्तर
  • सोमबार, असोज ८ २०७५

  • काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

    पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

    नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ । न्यूनतम चार किलोमिटरभित्र न्युनतम् १४ रुपैयाँ कायम गरिएको छ ।

    ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।

    यस्तै डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशतसम्म बढाएर लिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार