Online Nepal सोमबार, बैशाख १७ २०८१

आईसीसी टी–ट्वान्टी विश्वकप आजबाट सुरु

आईसीसी टी–ट्वान्टी विश्वकप आजबाट सुरु


मध्यान्तर
  • आइतबार, असोज ३१ २०७८

  • काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ । यूएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।

    आज हुने पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पधौ हुने छ । ओमानको अल अमारतमा हुने पहिलो खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

    दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्यान्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

    विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

    सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

    यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् । समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार