Online Nepal बुधबार, जेष्ठ २ २०८१

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न,क्यानका ६ पदाधिकारीको माग

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न,क्यानका ६ पदाधिकारीको माग


मध्यान्तर
  • बुधबार, पुष ७ २०७८

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का ६ जना केन्द्रीय पदाधिकारीहरुले क्यानले ४ जना खेलाडीहरुमाथि गरेको  कारबाही फिर्ताको माग गरेका छन् । बुधबार (आज) पत्रकार सम्मेलन गरेर पदाधिकारीहरु छुम्बी लामा, सञ्जयराज सिंह, करन महतरा, मोहमद्द दवाडी, अमित वीर पाण्डे र ऋषिराम गौतमले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएका हुन् ।

    उनीहरुले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग पनि गरेका छन् ।

    उनीहरुले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं ।’

    पत्रकार सम्मेलनमा बोल्दै छुम्बी लामाले भने ‘हामीले धेरै पटक असहमतिहरु जायर गर्यौँ । तर, क्रिकेट नेतृत्व स्वेच्छाचारी भएर हाम्रो कुराहरु सुनेन । हामीले पटक पटक खेलाडीलाई कारवाही गर्नु राम्रो होइन भन्दा भन्दै उहाँहरुले सुन्नु भएन । त्यसैले यो कारवाही योजना अनुसार नियोजित रुपमा नै गरिएको हो ।’

     

    प्रतिक्रिया
    थप समाचार