Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

हावा हुण्डरी (चक्रवात)का पिडीतलाई इक्यानको ५ लाख सहयोग

हावा हुण्डरी (चक्रवात)का पिडीतलाई इक्यानको ५ लाख सहयोग


मध्यान्तर
  • मंगलबार, चैत्र २६ २०७५

  • काठमाडौंं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले गत चैत्र १७ गते साँझ प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात) का पिडीतलाई आर्थिक सहयोग गरेको छ । बारा र पर्सा जिल्लामा गएको भिषण हुरीहुण्डरी (चक्रवात) बाट पिडित जनसमुदायको राहतको लागि इक्यानका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित रकम जम्मा रु. ५,०२,५७६/– (पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैयाँ मात्र) प्रदेश नं. २ सरकारका माननीय मुख्यमन्त्री लालबावु राउतमार्फत राहत कोषमा हस्तान्तरण गरिएको हो ।

    इक्यानका पदाधिकारी एवं सदस्यको एक टोलीले आज (मंगलबार) प्रदेश न. २ को राजधानी जनकपुरस्थित मुख्यमन्त्री राउतको निवासमा पुगेर बारा र पर्साका पीडित जनताको लागि संकलन गरिएको उल्लेखित राशी बराबरको हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पनि उपस्थिती थियो । इक्यानको तर्फबाट निबर्तमान अध्यक्ष प्रकाश पाण्डे, माहासचिब शेषराज भट्टराई, सहकोषाध्यक्ष निरुपमा महर्जन, सदस्य सुस्मा आचार्य र सुदन चौहानले उक्त चेक हस्तान्तरण गरेका थिए ।

    नेपाल शैक्षिक परामर्श संघ इक्यानले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय–समयमा आईपर्ने दैवि विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजीक उत्तरदायीत्व वहन गर्दै आएको इक्यानका कार्यबहाक अध्यक्ष महेशबाबु तिमल्सिनाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । इक्यानले विज्ञप्तिमार्फत यस विपत्तिपुर्ण घडीमा पिडित सबैको उद्धार, उपचार, राहत तथा पुनर्वासका लागि नेपाल सरकार, प्रदेश नं. २ सरकार तथा सम्वन्धित स्थानिय सरकारहरुका भईरहेका पहल र प्रयत्नहरु प्रति धन्यवाद ज्ञापन गर्दै राहत तथा उद्धारकार्यलाई सकेसम्म पारदर्शी र प्रभावकारी बनाउन हार्दिक अपिल गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार