Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

घोकन्ते शिक्षाले विकास सम्भव छैनः डा.भट्टराइ

घोकन्ते शिक्षाले विकास सम्भव छैनः डा.भट्टराइ


मध्यान्तर
  • शनिबार, जेष्ठ २५ २०७६

  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कर्मकाण्डी किसिमको घोकन्ते शिक्षाबाट डिग्री मात्रै लिएर निस्कने खालको शिक्षणले विकास सम्भव नहुने बताएका छन् ।

    यस्तो शिक्षा पद्धत्तिलाई अब स्थानीय तहहरुले बदल्नुपर्नेमा उनले जोड दिएका छन् । पढाइ मात्रै नभएर प्रयोगात्मक शिक्षामा पनि जोड दिनुपर्ने सुझाव दिए । नेता डा. भट्टराईले शिक्षा भनेकै संसार बदल्ने ज्ञान भएको भन्दै शैली नै बदल्नुपर्ने बताएका थिए ।

    शनिबार काभ्रेको पनौतीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा संघीय नेपालमा शिक्षाको महत्व’ विषयक कार्यक्रममा बोल्दै उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढंगले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताए ।

    कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. रामकण्ड माकजु श्रेष्ठले शिक्षकको आदर गर्ने वानीको विकास गर्नुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ वनस्थली गोष्ठीका अध्यक्ष क्याटेन रामेश्वर थापाले विद्यालय व्यापारका लागि नभएर सेवामुलक हुनुपर्ने बताएका थिए ।

    प्रतिक्रिया
    थप समाचार