Online Nepal शनिबार, बैशाख २९ २०८१

राष्ट्रपतिको विरोध गर्दै रक्षा मन्त्रीले दिए राजीनामा

राष्ट्रपतिको विरोध गर्दै रक्षा मन्त्रीले दिए राजीनामा


मध्यान्तर
  • शुक्रबार, पुष ६ २०७५

  • काठमाडौं । विभिन्न समयमा विश्वाका हरेक स्थानमा राष्ट्रपति तथा प्रधानमन्त्री वा उच्च स्तरमा नेताका कारण मन्त्रीहरुले राजिनामा दिएको पाईन्छ । जसका कारण जनताहरुले नेताहरुलाई धृणाको दृष्टिले हेर्ने गरेका थिए ।

    अमेरिकामा भने यसको उल्टो भएको छ । अमेरिकाका रक्षमन्त्रीले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिको विरोध गर्दै अमेरिकी रक्षा मन्त्रीबाट राजिनामा दिएका छन् । रक्षमन्त्रीबाट राजिनामा दिनेमा मन्त्री जिम म्याटिसले रहेका छन् । राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेलगत्तै रक्षामन्त्री म्याटिसले राजीनामा दिए ।

    बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए ।

    रक्षा मन्त्री म्याटिस राष्ट्रपति ट्रम्पलाई सो घोषणा फिर्ता लिनका लागि बिहिबार ह्वाइट हाउस गएपनि ट्रम्पले सो घोषणा फिर्ता नलिने अडान राखेपछि उहाँले राजीनामा दिएको बताइएको छ ।

    राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय मोर्चामा आफ्ना मित्रशक्तिहरूलाई सँगै लैजान नसकेको, आफ्ना रणनीतिक प्रतिश्पर्धीहरूलाई चिन्न नसकेको तथा अमेरिकाविरूद्ध काम गरिरहेका शक्तिहरूबारे स्पष्ट दृष्टिकोण राख्न नसकेको आरोप म्याटिसको छ ।

    बिहिबार राष्ट्रपति ट्रम्पलाई दिएको राजीनामा पत्रमा म्याटिसले लेख्नुभएको छ ‘तपाईँका धारणासँग विचार मिल्ने रक्षा मन्त्री राख्ने तपाईँको अधिकार भएकाले मैले मेरो पदबाट राजीनामा दिनु उचित हुने ठानेको छु।’

    प्रतिक्रिया
    थप समाचार