Online Nepal शनिबार, बैशाख २९ २०८१

ईन्डोनेसियामा सुनामीमा परि ६२ को मृत्यु, सयौँ घाइते

ईन्डोनेसियामा सुनामीमा परि ६२ को मृत्यु, सयौँ घाइते


मध्यान्तर
  • आइतबार, पुष ८ २०७५

  • काठमाडौं। ईन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी ६२ जनाको मृत्यु भएको छ भने सयौ घाईते भएका छन् । शनिबार रातिको भएको विस्फोटपछि इन्डोनेसियाको सुन्दा स्ट्रेटमा आएको सुनामीमा सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सुन्दा स्ट्रेटले इन्डोनेसियाका दुई टापु जाभा र सुमात्रालाई जोड्छ। यी दुई टापु जोड्ने स्थानमा रहेको समुद्री साँधमा रहेको क्राकोतामा ज्वालामुखी विस्फोट भएको जनाइएको छ।

    प्रत्यक्षदर्शी तथा अधिकारीहरूलाई उद्धृत गर्दै अलजजिराले सुनामीले सयौँ घर, होटेल तथा आवासीय क्षेत्र बगाएको लेखेको छ। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले कम्तिमा २० जना हराइरहेको र ५८४ जना घाइते भएको जनाएको छ।

    दक्षिण पूर्वी एसियामा रहेको इन्डोनेसिया विश्वकै ठूलो समुद्री टापुहरूको देश हो।

    प्रतिक्रिया
    थप समाचार