Online Nepal शनिबार, बैशाख २९ २०८१

बस दुर्घटनामा परि ५ बालबालिकासहित ६ जनाको मृत्यु

बस दुर्घटनामा परि ५ बालबालिकासहित ६ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, पुष २२ २०७५

  • काठमाडौं । बस दुर्घटानमा ५ स्कुले बालबालिका सहित ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइउते भएका छन् । दुर्गम गाउँको अव्वस्थीत सडकका कारण बस दुर्घटनामा परेको हो ।

    यो घटना भारतको हिमाञ्चल प्रदेशस्थित दुर्गम गाउँमा हो । मर्ने सबै स्कुले बालबालिका रहेको र बस चालकको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    सिरमाउर जिल्लाका वरिष्ठ प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा परी मरेका बालबालिकाहरु ४ देखि १४ वर्ष उमेरका रहेको बताउनुभएको छ । दुर्घटनाको वास्तविक कारण अझै खुलेको छैन ।

    लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाञ्चलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ । (एजेन्सी)

    प्रतिक्रिया
    थप समाचार