Online Nepal आइतबार, बैशाख २३ २०८१

श्रीमतिको अर्कैसंग सम्बन्ध रहेको भन्दै बञ्चरोले काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

श्रीमतिको अर्कैसंग सम्बन्ध रहेको भन्दै बञ्चरोले काटिएको टाउको लिएर थाना पुगे श्रीमान्


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १० २०७५

  • काठमाडौं । श्रीमती अर्कैसंग लाग्दा होस् वा श्रीमान अर्कैसंग लाग्दा होस् विभिन्न समयमा ठुलो घटनाहरु घट्ने गरेका छन् । सोहि कारणले कतिपयले आफ्नो परिवार समेत उजाड गरेका घटनाहरु बेला बेलामा आउने गरेका छन् ।

    केहि दिन पहिले आफ्नो श्रीमान अर्कैसंग लागेको भन्दै श्रीमतिले अण्डकोष बाहिर निकालि दिएको घटना ताजै रहेको बेला फेरी भारतमा उस्तै अर्को घटना घटेको छ । भारतको मध्यप्रदेशको मुरैना जिल्लाका एक युवाले बुधबार श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् ।

    मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’

    उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए ।

    श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् । स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो । विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’

    उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् । पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए ।

    हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो । पुलिसका अनुसार घटनाका बेला उनीहरुका सात वर्षका जेठो छोरा घरमा थिए । पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । -बीबीसी हिन्दि

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार