Online Nepal आइतबार, बैशाख २३ २०८१

चर्कियो युद्ध, भारले पाकिस्तानमाथि प्रहार गर्यो हजार किलोको बम !

चर्कियो युद्ध, भारले पाकिस्तानमाथि प्रहार गर्यो हजार किलोको बम !


मध्यान्तर
  • मंगलबार, फाल्गुन १४ २०७५

  • काठमाडौं । भारत र पाकिस्तानबीच भिषण युद्ध सुरु भएको छ । भारतले पाकिस्तानमाथि हजार किलोको बम प्रहार गरेको छ ।
    पाकिस्तानी सेनाले पनि भारतीय वायुसेनाद्वारा भारत(पाकिस्तान नियन्त्रण रेखा (लाईन अफ कन्ट्रोल) को उल्लंघन गरेको र सिमाभित्र घुसपैठ गर्ने कोशिस गरेको आरोप लगाएको छ ।

    भारतीय मिडियाहरूले पनि वायुसेनाले पाकिस्तानमाथि गरेको बमबर्षाको खबर पुष्टि गरिरहेका छन् । मंगलबार बिहान करिब साढे ३ बजेतिर वायुसेनाले पाकिस्तानस्थित चरमपंथी संगठन जैश-ए-मोहम्मदका क्याम्पमा भीषण बमबारी गरेको खबरमा उल्लेख छ ।

    भारतीय वायुसेनाका १० वटा मिराज युद्धक विमानले पाकिस्तानमा बमबारी गरेका हुन् । बमबारीका कारण पाकिस्तानी क्षेत्रमा ठूलो हताहती भएको अनुमान छ ।

    पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिल गफुरले ट्वीटरमा लेखेका छन कि मुजफ्फरावाद सेक्टरमा भारतीय सैनिक विमान प्रवेश गरेको छ । पाकिस्तानी सेनाले त्यसलाई रोक्न खोज्दा केही बम बर्षाएको, तर त्यसबाट कुनै हताहती नभएको उनले जिकिर गरेका छन ।

    गत बिहिबार भारत प्रशासित काश्मीरको पुलवामामा पाकिस्तान आश्रित चरमपन्थी संगठन जैश ए मोहम्मदले आत्मघाती विस्फोट गराएको थियो । सो विस्फोटमा परि केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का ४४ जवानले ज्यान गुमाएका थिए ।

    हमला लगत्तै भारतले पाकिस्तानमाथि कडा जवाफ दिने चेतावनी दिईरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि कारबाही गर्न भारतीय सेनालाई पूर्ण छुट दिएका थिए । -एजेन्सी

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार