Online Nepal आइतबार, बैशाख २३ २०८१

मोदीको निद हराम, मंगलबार रातभर सुतेनन्

मोदीको निद हराम, मंगलबार रातभर सुतेनन्


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं । भारतले मंगलबार बिहान वायुसेनाका लडाकु विमानमार्फत पाकिस्तानमा आक्रमण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निन्द्रा हराम भएको छ । पाकिस्तानको निन्द्रा हराम गर्न भारतले बम ब्लाष्ट गरेको भएपनि आफ्नै निन्द्रा हराम भएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको आतंकले उग्र रुप लिएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार मिसनमा निस्किएका लडाकु विमान फिर्ता नआउन्जेल मोदी जाग्राम थिए । जब भारतको दावी अनुसार पाकिस्तानको बालाकोटमा आतंकवादी समूह जैश ए मोहम्मदका अड्डाहरु धस्त पारेर लडाकु विमान सुरक्षित फर्किए तबमात्र मोदीले चैन लिए ।

    उनले बिहान ४ः३० बजे बधाइ दिएर नियमित दैनिकीमा लागेको बताइएको छ । बिहान १० बजे नै उनी मन्त्रिमण्डलको सुरक्षा मामला समितिको बैठकमा गए भने दिनभर व्यस्त नै रहे ।

    दिनभर कार्यक्रममा व्यस्त भए पनि उनी मंगलबार रातिसमेत सुतेनन् । भारतको एक्सन उनले नियालिरहेका थिए ।

    उनले रातभर नसुती भारतको गतिविधि नियालेका थिए । प्रधानमन्त्रीको निकट सूत्र प्रयोग गर्दै नवभारत टाइम्स लेख्छ –रक्षामन्त्री निर्मला सीतारमण, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र वायुसेना प्रमुख बीएस धनोआसंग सम्पर्कमा रहेर उनले गतिविधि नियालिरहेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार