Online Nepal आइतबार, बैशाख २३ २०८१

BREAKING: विमान दुर्घटना, पुर्ण विवरण आउन बाँकी

BREAKING: विमान दुर्घटना, पुर्ण विवरण आउन बाँकी


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं । भर्खरै विमान दुर्घटना हुँदा ठुलो क्षति भएको छ । विमान दुर्घटना के कति क्षेति भयो भन्ने विवरण आउन बाँकि रहेको छ । भारत र पाकिस्तानबीच चर्किरहेको युद्धको क्रममा पाकिस्तानमा बम हान्न गएको भारतिय लडाकु विमान दुर्घटना भएको हो । उक्त विमा भारतको कश्मिर स्थीत कलान गाउँमा दुर्घटना भएको छ ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार वायुसेनाको मिग २१ काश्मिरको कलान गाउँमा दुर्घटना भएको हो । भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

    दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार