Online Nepal आइतबार, बैशाख २३ २०८१

जापानी नेतालाई २३ वर्षे मोडलले बेचिन २४ करोडमा ‘भर्जिनिटी’

जापानी नेतालाई २३ वर्षे मोडलले बेचिन २४ करोडमा ‘भर्जिनिटी’


मध्यान्तर
  • आइतबार, फाल्गुन १९ २०७५

  • काठमाडौं । विश्वमा विभिन्न खालका रोचक घटनाहरु घटेका हुँन्छन् । यस्ता घटनाले हरेक समसयमा चर्चा समेत पाएको पाईन्छ । तर, जापानमा विश्वमै नघटेको एउटा घटनखा घटेको छ ।

    जापानकी एक २३ वर्षिय मोडलले आफ्नो ‘भर्जिनिटी’ २४ करोडमा बेचेकी छिन् । यसरी आफ्नो कुमारित्व तोडेवापत २.२ मिलियन डलर (२४ करोड रुपैयाँ) लिने मोडल रहेकी छिन्, महबुबा ममाद्जादा । अजरबइजानकी यी मोडलले गत वर्ष आफ्नो कुमारित्व लिलामीमा राखेको घोषणा गरेपछि चर्चामा छाएकी छिन् ।

    उनको कुमारित्वको लिलामी जापानी नेताले जितेको बताइन्छ । लण्डनका वकिल र जर्मनका फुटबल खेलाडी क्रमशः दोस्रो र तेस्रो स्थानमा भएको जानकारीमा उल्लेख छ ।
    जर्मनको सिन्ड्रेला एस्कर्ट एजेन्सीले यी दुईबीच कुरा मिलाइदिएको हो । उनीहरुले यसबाट २० प्रतिशत लिने बताइन्छ । जापानका नेताले महबुबा मम्माद्जादालाई जर्मनीमा भेट्नेछन् । जर्मनीमा देहव्यापार वैध छ । महबुबा ‘कुमारी’ भए, नभएको डाक्टरले परीक्षण गर्नेछन् । साथै, जापानी नेताले जर्मनका डाक्टरलाई पनि महबुबाको कुमारीत्व परीक्षण गर्न आग्रह गर्न सक्छन् । उनले महबुबासँग रात बिताउन १० प्रतिशत भुक्तानी गरिसकेको बताइन्छ ।

    एजेन्सीमा मारिया नाम राखेकी महबुबाले आफ्नो आमाको रेखदेखका लागि कुमारीत्व लिलामीमा राखेको बताएकी छिन् । ‘म आफ्नो कुमारीत्व सिन्ड्रेला एस्कर्टमार्फत् बेच्दैछु किनभने म र मेरी आमालाई अहिले घरको आवश्यकता छ । म आफ्नी आमासँग विश्व भ्रमण गर्न चाहन्छु,’ उनको भनाई उद्धृत गर्दै डेली स्टारले बताएको छ ।

    ‘म अमेरिकामा बस्न चाहन्छु र त्यहाँ आफ्नो मोडलिङ करियरलाई निरन्तरता दिन चाहन्छु । मलाई कुकुरहरु मनपर्छ, आफ्नो देशमा उनीहरुका लागि सेल्टर खोल्न चाहन्छु । अहिलेसम्म आमाले मेरो लागि धेरै कुरा गर्नुभयो, अब मेरो पालो छ । ’डेली स्टारसँगको कुराकानीमा उनले ती व्यक्तिको फोटो हेरेको तर अहिलेसम्म कुरा नगरेको बताइन् ।

    कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई राम्रो लागिरहेको छ । म उनलाई भेट्न उत्साहित छु । उहाँसँग मेरो अनुभव निकै राम्रो हुनेछ भन्ने कुरामा विश्वस्त छु ।’
    ‘मैले मोडलिङमार्फत् राम्रै पैसा कमाइरहेकी छु । यति छोटो समयमा यत्रो रकम कमाउनु भनेको सपना साकार भएसरह हो । म एक अन्तराष्ट्रिय मोडल भएकाले ती व्यक्तिले मलाई स्टेटस सिम्बोलको रुपमा हेर्न सक्छन् ।-एजेन्सी

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार