Online Nepal बिहिबार, बैशाख २० २०८१

विश्व ल्याए ‘कवि देवकोटा’ (भिडियोसहित)

विश्व ल्याए ‘कवि देवकोटा’ (भिडियोसहित)


मध्यान्तर
  • शुक्रबार, पुष २७ २०७५

  • काठमाडौं । ‘कवि देवकोटा’ बजारमा आएको छ । यूवा गायक विश्व नेपालीले बाएको रोमान्टिक यूगल गीत ‘कवि देवकोटा’ को भिडियो सार्वजनिक भएको हो ।

    अलि गम्भीर प्रकृतिका गीतहरु गाउँदै आएका विश्वले ‘मिठो सार्है मिठो’ गीतको सफल्तापछि ‘कवि देवकोटा’ बजारमा ल्याउनुभएको हो । गीतको पाश्र्व गायनमा नेपालीलाई सुजाता उपाध्यायले साथ दिएका छन् ।

    एकनारायण भण्डारीले कोरेका रमाईला शब्दमा आशिष अविरलको संगीत एवम् संगीत संयोजन रहेको छ । भिडीयोमा ‘द नेक्स्ट ग्रुप’का कलाकारका साथै गायक विश्व नेपाली र सुजाता उपाध्यायको पनि अभिनय हेर्न सकिन्छ । प्रदिप लामा र सुजाता पौडेलको कोरियोग्राफीले भिडियो थप शशक्त बनेको छ । सिरुजल ईभर र ल्याक्स तामाङको छायाँकंन रहेको भिडियोको सम्पादन सीरुजल ईभरले गरेका हुन् । अष्ट्रेलियामा खिचिएको भिडियो यूट्यूब ट्रेन्डिङको ३८ औं नम्बरमा छ । एकहप्ता नपुग्दै गीतलाई ३ लाख १२ हजार भन्दा बढीले हेरीसकेका छन् ।

    शास्त्रीय संगीतको गहिरो अध्ययन गरेका गायक विश्व नेपाली हरेक विधाका गीतहरु उत्तिकै कुशलतापूर्वक गाउन सक्नुहुन्छ । २०६७ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगीतामा दोस्रो स्थान ओगट्न सफल गायक नेपालीको स्वरमा दर्जन बढी मनछुने गीतहरु सार्वजनिक भइसकेका छन् ।

    २०७० सालमा ‘मुटु सिएर फेरी’ गीतबाट ईमेज अवार्ड हात पारेपछि उहाँको गायकीको थप चर्चा भयो । सबैलाई जित्ने हो ईश्वर पनी, भन के छ बन्दोबस्त, तिम्रो मौन ईशारा, फुल पनि रोजिन लगायतका गीतहरु आमरुपमा रुचाइएका छन् ।

    https://www.youtube.com/watch?time_continue=199&v=xqfEWkH6_7Q

    प्रतिक्रिया
    थप समाचार