Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

चर्चित बाल गायिका अनुशाको मार्मिक गीत बजारमा (भिडियो सहित)

चर्चित बाल गायिका अनुशाको मार्मिक गीत बजारमा (भिडियो सहित)


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • काठमाडौं । बाल गायिका अनुषा ओलीको ‘हुनेलाइ सबको माया’ नाामक बाल गीत बजारमा आएको छ । उनको गीतमा बालकका समस्याहरुलाई उठाईएको छ । उक्त गीतमा हरि लम्सालको संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको छ

    झाापाको विर्तामोड स्थीत बिराट ज्योति इङ्ग्लिश स्कुलमा कक्षा ७ मा अध्यनरत अनुषा सरगम संगीतालयमा संगीत सिकी रहेकी छिन । शारीरिक रुपमा अशक्त अनुषाको स्वरमा जादु देखेर कविता शिवाकोटीले सहयोग गरेकी छिन ।

    निश्चल केसीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा अन्जली अधिकारी,सुरज श्रेष्ठ,रमा थपलिया र गायिका स्वयम् अनुशाको अभिनय रहेको छ । उक्त गीत गायिका ओलीको आफ्नै कथा व्यथा रहेको गायिकाले बताईन् । म्युजिक १ नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

    प्रतिक्रिया
    थप समाचार