Online Nepal बिहिबार, बैशाख २० २०८१

मोहिनी

मोहिनी


मध्यान्तर
  • शनिबार, साउन ३१ २०७७

  • दृश्य लाैकिक जगतमा नित्य रम्य स्वप्नील माेहिनी,
    अदृश्य अलाैकिक भगतका अाउ बस छैन काेही नी,
    मनमाेहक पुष्प बाग अनायसै अाेइलिदै जानेभाे खेर,
    निर्भीक भमरा  आसपासमै पुगे निर्लिप्त प्रस्ताव लेर ।

    साैहार्द स्वीकार दिग्दार नलिई निश्छल निष्पाप मनमा,
    हर्षित जीवनका एक क्षण लाभ गराै मृर्गस्थल वनमा,
    राखाैला इमानजमान मनमस्तिष्कमा निष्पक्ष जाेगाइ,
    आउ व्यर्थ अबेर नगरी भाेग गराै प्रेम लीला भाेगाइ ।

    तिम्राे प्रत्यक्ष माधुर्य मर्मस्पर्शी वाणी सुन्न छु आकुल,
    असह्य पर्खाइले आत्मा जलन भाे भए साह्राे व्याकूल,
    कुनै एक दिन भेटिने आशमा सक्छु सयाै जुनी काट्न,
    सहन्छु प्रलय प्रियसी पाउने छैनाै आफ्नै मनमा ढाँट्न ।

    मुलायम बाहुमा समाउदै एक पल हराउन पाएँ सुलुक्क,
    निदरीमै जागृत मनुज भावना हताशमा पाेख्याैँ भुलुक्क,
    व्यर्थ स्वप्नील रम्य जगतबाट ब्यँझिएर हेर्याैँ पिलिक्क,
    नित्य आइरहाेस् कैयाै क्षणहरू नपरून ओझेल मिलिक्क ।

    सच्चा अक्षुण्ण प्रणय प्रस्ताव सुनेर भयाे किन अकमक्क ?
    माधुरी बागमा घुम्छ भमरा फुलेकाे देखेर पुष्प ढकमक्क ,
    भए इहलाैकिक जगतका भगत मनुज जीवात्मा अतृप्ति,
    विश्वस्त पार्छु हुने छैन मनलाेक विध्वंस शाेषण विकृति ।

    हित मगर  सिध्दिचरण न.पा. तलुवाओखलढुङगा

    प्रतिक्रिया
    थप समाचार