Online Nepal बिहिबार, बैशाख २० २०८१

विदेशमा काम गर्न जाने महिला स्वदेशमा रोग लिएर फर्कन्छन्

विदेशमा काम गर्न जाने महिला स्वदेशमा रोग लिएर फर्कन्छन्


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । नेपालबाट रोजगारीको सिलसिलामा विदेशीने महिला नेपाल फर्किदा रोग लिएर फर्किने गरेको पाईएको छ । आर्थिक अवस्था कमजोर र स्वदेशमा रोजगारीको उचित व्यवस्था नहुँदा नेपाली युवाहरु दैनिक ठुलो संख्यामा बाहिरि रहेका हुन्छन् ।
    यसैगरि आर्थिक अवस्था कमजोर भएकै कारण बैदेशिक रोजगारीको लागी कतार पुगेकी एक ३० वर्षिय महिला अहिले मृर्गौला रोगले पिडित भएकी छिन् । विदेशमा २० र २१ घण्टासम्म काम गर्नुपर्ने भएका कारण उनको मृर्गोला फेल भएको हो । पैसा कमाउन त्यहाँ पुगेकी उनले पैसा संगै रोग समेत कमाईन ।

    उनले बिहान १ र २ बजेदेखि रातको १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उनी स्वदेश फर्किन् । उनले भनिन्, ‘बैंकमा दुईचार पैसा बचत भएरमात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ ।’

    उनीजस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्किएकी छिन् । दैनिक २१ र २२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उनी केही महिना पहिले स्वदेश फर्किएकी थिइन् । एउटा परिवारका लागि काम गर्न उनले दिनमा दुई तीन घण्टाबाहेक फुर्सद पाइनन् । उनी आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गर्थिन् ।

    लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आउँदा उनी स्वदेश फर्किन् । उनले भनिन्, ‘अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु ।’

    घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन । कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन् ।

    प्रतिक्रिया
    थप समाचार