Online Nepal बुधबार, जेष्ठ २ २०८१

प्लाज्मा थेरापीका लागि बिरगंजमा ५ जनाले गरे रक्तदान

प्लाज्मा थेरापीका लागि बिरगंजमा ५ जनाले गरे रक्तदान


मध्यान्तर
  • बिहिबार, भाद्र १८ २०७७

  • बिरगंज। कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभाकारी देखिएको हुँदा बिरगंजमा कोरोना संक्रमणमुक्त भएकाहरुले ‘प्लाज्मा दान’ गरेका छन् । नेपाल चिकित्सक संघ नारायणीको कार्यालयमा आयोजित कार्यक्रममा ५ जनाले सामूहिक रुपमा प्लाज्मा प्रयोजनको लागि रक्त दान गरेका हुन् ।

    उनिहरुले दिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’ मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सरोकार समाजका ओमप्रकाश सर्राफले जानकारी दिए । ‘प्लाज्मा बैंक’ का लागि रक्तसञ्चार केन्द्र वीरगञ्जमा आवश्यक बन्दोबस्त गरिसकिएको छ ।

    गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको चिकित्सक संघ नारायणीका अध्यक्ष डा. अरुण सिंहले बताए ।

    बिरगंजमा भदौं १४ गतेबाट प्लाज्मा थेरापी शुरु गरिएको थियो । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर अधिकारीले उनलाई प्लाज्मा दिएका थिए ।

    एउटा व्यक्तिले दिएको प्लाज्माले तीन जनाको ज्यान जोगाउन सक्छ भन्ने सुनेर प्लाज्मा दान गरेको बिरगंज–४ का वडा अध्यक्ष जगत साह कानुले बताए । ‘प्लाज्मा दान गर्दा एक त तीन जनासम्म संक्रमितको ज्यान बाँच्न सक्छ’ उनले भने ‘अर्को तर्फ संक्रमणमुक्त भइसकेकाहरुलाई प्लाज्मा दान गर्न पनि प्रोत्साहन मिल्छ ।’

    प्रतिक्रिया
    थप समाचार