Online Nepal बुधबार, जेष्ठ २ २०८१

सरकारले पीसीआर मूल्य घटायो, अब २ हजारमै कोरोना परिक्षण हुने

सरकारले पीसीआर मूल्य घटायो, अब २ हजारमै कोरोना परिक्षण हुने


मध्यान्तर
  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

    सरकारको यो निर्णयसँगै अब निजी तथा सःशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

    प्रतिक्रिया
    थप समाचार