Online Nepal बुधबार, जेष्ठ २ २०८१

स्वास्थ्य मन्त्रालयले भन्योः आफ्नो लेभल नमिल्नेसँग अन्तर्वार्ता नदिनु

स्वास्थ्य मन्त्रालयले भन्योः आफ्नो लेभल नमिल्नेसँग अन्तर्वार्ता नदिनु


मध्यान्तर
  • सोमबार, भाद्र २९ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्हरूलाई अनावश्यक बहस नगर्न अनुरोध गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस बिफ्रिङमा डाक्टर र जनस्वास्थ्यविद्हरूलाई आफ्नो लेभल नमिल्नेसँग अन्तर्वार्ता नदिन आग्रह गरेका हुन् ।

    त्यसरी बहसमा उत्रिहाले पनि आफ्नो तर्फबाट कमजोर प्रस्तुती नगर्न प्रवक्ता गौतमले अपील गरे । एक टेलिभिजन कार्यक्रममा एक जना जनस्वास्थ्यविद्ले दिएको प्रस्तुतीप्रति मन्त्रालयले असन्तुष्टि जनाउँदै यस्तो भनेको हो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा कोरोना केही हैन भन्ने खालका भ्रम छर्नेहरू सक्रिय रहेको भन्दै त्यस्तो दुष्प्रचार नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार