Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, असोज १८ २०७७

  • काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन्।

    चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार