Online Nepal सोमबार, बैशाख २४ २०८१

विश्व स्वास्थ्य संगठनद्वारा कारोना विरुद्ध ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

विश्व स्वास्थ्य संगठनद्वारा कारोना विरुद्ध ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज


मध्यान्तर
  • मंगलबार, असोज २७ २०७७

  • डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस। तस्बिर : राेयटर्स

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा‍. टे«डोस आध्यनोम गेब्रेयेसोसले महामारीविरुद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरक्षा) को अवधारणालाई खारेज गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका सम्बन्धमा यसको विकल्पका रुपमा केही स्वास्थ्य विज्ञहरुले हर्ड इम्युनिटीको कुरा गरिरहेका बेला डब्लुएचओले खारेज गरेको हो ।

    खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनु पर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमता युक्त बन्ने केहीले तर्क गर्ने गरेका छन् । समुदायको ठूलो हिस्साका बासिन्दा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध इम्यून (प्रतिरोधात्मक क्षमता युक्त) बन्ने अवधारणा हर्ड इम्युनिटी हो ।

    विश्वभर अहिलेसम्म तीन करोड ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ का कारण विश्वमा १० लाख ८० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

    कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् । अहिले विश्वभर कोभिड–१९ का १०० भन्दा बढी खोप विकासको क्रममा रहेको र त्यसमध्ये धेरै मानवीय परीक्षणको विभिन्न चरणमा भएको डब्लुएचओले जनाएको छ ।

    सोमबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा डब्लुएचओ प्रमुख डा. टे«डोसले कोरोना भाइरसको लामो समयसम्म पर्ने प्रभाव तथा इम्यून रेस्पोन्सको प्रभावकारिता र समयावधीबारे केही थाहा नभएको बताए । उनले भने, ‘हर्ड इम्युनिटी मानिसहरुलाई भाइरसबाट जोगाएर प्राप्त हुन्छ, उनीहरुलाई भाइरसको संक्रमण हुन दिएर होइन ।’

     

     

    प्रतिक्रिया
    थप समाचार