Online Nepal सोमबार, जेष्ठ ७ २०८१

प्रेमिकालाई यसरी धोका दिन्छन् केटाहरु ! यस्तो रहेछ कारण…

प्रेमिकालाई यसरी धोका दिन्छन् केटाहरु ! यस्तो रहेछ कारण…


मध्यान्तर
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । प्रेम एउटा यस्तो चिज हो जुन हुदा नि कठिन नहुदा नी कठिन । तर, प्रेम सबैको मुटुमा हुन्छ । सबैले प्रेम गर्छन् । यस भित्र केटा र केटीबीच हुने प्रेम एउटा खास हुन्छ ।

    पछिल्लो समय प्रेमलाई एउटा फेसनको रुपमा पनि युवायुवतिले लिने गरेको पाईन्छ । यसैले यदि कोहि कसैसंग प्रेम सम्बन्ध नबनाउने चाहाना भएपनि अधिकांश युवापुस्ता अरुलाई देखाउनका लागि भएपनि प्रेमको नाटक गर्छन् ।

    कहिले काँहि दुईजनाबीचको यो सम्बन्ध एक खत्रानाक रुप लिन्छ । यानकी उसको अर्को पार्टनरलाई प्रेम हुन्छ । एउटाले आफुले टाईमपास गरिहेको उसलाई जानकारी दिएको हुदैन् । यसैले यो प्रेम टिकाउ हुदैन । यानकी यसको कुनै आयु हुदैन ।

    अहिले प्रेम बस्छ । यसको केही घण्टा, यदि यो भएन भने महिनामै ब्रेकअप हुन्छ । युवापुस्ता यही कल्चरमा हुर्केका छन् । प्रेम उनीहरुको लागि टाइमपास मात्र हो । वास्तममा उनीहरुलाई प्रेमको अर्थ र महत्व थाहै छैन ।

    रिलेसनसिपमा एक अर्काप्रति इमान्दार हुनु धेरै जरुरी हुन्छ । तव मात्र एक सम्बन्ध साँचो रहन्छ । एक अर्काको भावनाको बुझनु भनेको सम्बन्ध बलियो बनाउनु हो । तर अहिलेको समयमा धेरै जसो पुरुषहरु आफ्नो रिलेसनलाई लिएर इमान्दार हुँदैनन् ।

     

    आफ्नो पार्टनरलाई धोका दिन्छन् । जो पुरुष प्रेमिकाको धोका दिने बारेमा सोच्छ उसलाई आभास हुँदैन् कि ऊ धोका दिदैछ र यो गलत हो । त्यसैले त भनिन्छ नि, पुरुषको तुलनामा महिलाहरु कम धोका दिन्छन् ।

    प्रेमिका प्रति इमान्दार हुँदैनन्

    केही यस्ता पुरुषहरु हुन्छन जो आफ्नो प्रेमिकाको लागि इमान्दार हुन्छन् भने केही पुरुषहरुलाई कसैको भावनाको कदर हुँदैन् । यस प्रकारको पुरुषहरु सिर्फ प्रेमिकाको प्रयोग मात्र गर्छन् तर उसले प्रेमिकाको स्पेसल महसुस गराउँछन् । वास्तवमा ऊ अलिकति पनि इमान्दार हुँदैनन् ।

    प्रेमिका प्रति असुरक्षित महसुस गर्छन्

    हरेक यस्तो व्यक्ति धोका दिन्छन भन्ने छैन् । तर केही यस्ता पुरुष हुन्छन् जो आफ्नो सम्बन्धको बारेमा असुरक्षित हुन्छन् । जसको कारण नचाहदा नचाहँदै आफ्नो पार्टनर प्रति गलत गर्छन् । उनीहरुलाई आफ्नो पार्टनर गुमाउने डर हुन्छ । यसकारण आफ्नो प्रेमिकाप्रति इमान्दार हुँदैनन् र धोका दिन्छन् ।

    महत्वाकाँक्षी

    जहिले पनि मानिसहरुलाई उसँग जति छ त्यो भन्दा अधिक पाउने इच्छा हुन्छ । र, ऊसँग भएको चिजको कदर हुँदैन् । यस्ता पुरुषहरु आफ्नो प्रेमिकामा पनि कमी देख्न थाल्छन् उसको दिमागमा जहिले पनि यो भन्दा राम्रो पाउन सक्छु भन्ने हुन्छ । यस्ता पुरुषहरुमा प्रेमिकाको धोका दिने प्रवृति अधिक हुन्छ किनकी ऊसँग जे छ त्यसमा उसलाई सन्तुष्टि मिल्दैन् ।

    भावनात्मक रुपमा कमजोर

    पुरुष भावनात्मक र मानसिक रुपमा कमजोर हुन्छन् । त्यसैले उनीहरुलाई मुर्ख बनाउन सजिलो हुन्छ । मानसिक रुपमा कमजोर भएको कारण उनीहरुमा ‘सेल्फ कन्ट्रोल’ को कमी हुन्छ । त्यसकारण उनीहरुलाई आफ्नो प्रेमिकालाई धोका दिन मुस्किल हुँदैन् । यस्ता मानिसबाट छिट्टै प्रभावित हुन्छन् र कहिलेकाँही अरुको कुरा सुनेर आफ्नो पार्टनरको भावनाको वेवास्ता गर्छन् ।

    प्रतिक्रिया
    थप समाचार