Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मन्त्री विना मगर अस्पताल भर्ना, उपचार जारी

मन्त्री विना मगर अस्पताल भर्ना, उपचार जारी


मध्यान्तर
  • मंगलबार, माघ ८ २०७५

  • काठमाडौं ।

    खानेपानी मन्त्री विना मगर उपचारको लागि अस्पताल भर्ना भएकी छिन् । उनी सोमबार नै अस्पताल भर्ना भएकी हुन् ।

    मन्त्री मगरलाई भाईरल प्रकोपका कारण रुघाखोकी, भाइरल ज्वरो आदि आएपछि अस्पताल भर्ना भएकी हुन् । उनी हाल ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा छिन् ।

     

    उनको उपचार जारी छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।

    मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि गम्भीर बिरामी रहेकी छिन् । मन्त्री मगरका ससुराबुबा तथा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको यो साताको दैनिकी परिवारका सदस्यलाई अस्पतालमा भर्ना, उपचार र पार्टीका बिरामी नेताहरुलाई अस्पताल पुगेर भेट र स्वास्थ्य अवस्था बुझ्नेमै बितेको छ ।

    प्रतिक्रिया
    थप समाचार