Online Nepal बिहिबार, बैशाख २७ २०८१
समाचार

स्वस्थ्य रहन नायक तामाङको टिप्स (भिडियो सहित)

स्वस्थ्य रहन नायक तामाङको टिप्स (भिडियो सहित)

घरमै बसेर पनि पुस अप र चिन अप गरेर चुस्त वा स्फुर्त र स्वस्थ रहन सकिन्छ


Kamala Joshi
  • आइतबार, भाद्र ३ २०७५

  • काठमाण्डौ – सन्तोष तामाङ नेपाली चलचित्रका नायक,समाज सेवी एवम् आइइएलटिएस ईन्सट्रक्टर हुन् । वि सं २०६८ सालमा नेपाली चलचित्र नमस्तेवाट नायकको रुपमा डेब्यु गरेका तामाङले नयाँ नेपाल एक्सप्रेस फोर्स र दलाल चलचित्रमा अभिनय गरिसकेका छन् ।

    चलचित्र जगतमा प्रवेश गर्नु अघि उनले नेपाल टेलिभिजनबाट प्रसारित प्रहरी अनुरोध सिरियलबाट आफ्नो अभिनय पाईला चालेका थिए ।नायक तामाङ एक कुशल नायक मात्रै नभएर उनि असल समाजसेवी पनि हुन । सोडेक नेपाल र ब्याक नेपाल नामक संस्थामा आवद्ध भएर उनले एच आई भि एड्स,ड्रग्स,दुब्र्यसनी,सडक बालबालिका,बेवारिसे सडकमा अलपत्रहरुको उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन्। यसका अलावा भुकम्प पिडित,बाडिपहिरो पिडितहरुको सहयोग एवम् उद्धारको लागि अहोरात्र खट्ने नायकका निकै प्रसंसनिय कार्यहरु छन् ।

    चलचित्र र समाज सेवालाई आफ्नो कर्मको पाटो बनाउने नायक तामाङ विगत लामो समय देखि बडि बिल्डिङको कार्यमा पनि सक्रिय रहदै आएका छन् ।आफु स्वस्थ भयो भने मात्रै अरुको सहयोग गर्न सकिने भन्दै उनि दैनिक व्यायम गर्छन् । शारिरीक अभ्यास निकै महत्वपुर्ण भन्दै कुनै पनि मानिस जिम धाउनै नपर्ने उसले घरमै बसेर पनि पुस अप र चिन अप गरेर चुस्त वा स्फुर्त र स्वस्थ रहन सक्ने बताउछन् ।

    हेर्नुस उहाँको शारिरीक अभ्यास गर्ने तरिकाको भिडियो सहित

    प्रतिक्रिया
    थप समाचार