Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कांग्रेसमा वैचारिक वहसको खाँचो

कांग्रेसमा वैचारिक वहसको खाँचो


गणेश खड्का
  • मंगलबार, भाद्र १६ २०७७

  • मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ । देशमा हुने हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेस अहिले दोस्रो पार्टी भएर प्रतिपक्षमा बस्नु परेको छ । राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्रलगायत हरेक व्यवस्था परिवर्तनको अग्रणी भूमिकामा रहेको कांग्रेस अहिले सरकारले गरेका काम कारवाहिको देख्न र सुन्नभन्दा बाहेक अरु केहि गर्न सकिरहेको छैन । आखिर किन र कसरी कांग्रेस यो स्थितिमा पुगेको हो गम्भिर समिक्षा हुन जरुरी छ । अहिले कांग्रेसमा नीति तथा सिद्धान्तको बहस भन्दा पनि गुट र नेतृत्वको वहस भइरहेको छ । पार्टीमा संगठन भन्दापनि गुट मौलाएको छ । नेतृत्वले जे निर्णय गर्छ त्यसको विष्लेशण नगरी विरोध गर्न, जिम्मेवारी प्रदान गर्दा राम्रो भन्दा हाम्रो भन्ने प्रवृत्ति देखाउने, पार्टी भित्र कहिल्यै सैद्धान्तिक वहस नहुने, खाली विरोध र समर्थनको पक्षमा मात्र वहस हुँदा कांग्रेस यो स्थितिमा आइपुगेको हो ।

    अहिले सरकारले केहि गर्न सकिरहेको छैन, गरेको छ त भ्रष्टाचार, गफ र आश्वासन तर कांग्रेसले त्यसलाई कहिले पनि प्राथमिकतामा राखेर विष्लेशण र विरोध गर्न सकेन । आम सर्वसाधारण जनता सडकमा आउँदा कांग्रेस गुटगत भेला र नेतृत्वको विरोधमा केन्द्रीत हुन्छ । आज पार्टी शेरबहादुर देउवाले कब्जा गर्न लाग्यो भनेर दिनदिनै भौतिक तथा विद्युतिय माध्यमबाट बैठक, भेला गरिरहेका छन् । तर देश कम्युनिष्ट र नेकपाले कब्जा गर्न लाग्यो भनेर कहिले न भेला हुन्छ न छलफल नै हुन्छ ।

    हिजो बीपी, गणेशमानका पालामा आन्तरिक कुरा जे भएपनि यसरी खुल्लमखुला बाहिर नआई मिल्थ्यो, मिलाइन्थ्यो । तर अहिले पार्टीको नीति सिद्धान्तको प्रचारप्रसार गर्नुपर्ने ठाउँमा गुटको प्रचार र नेतृत्वको विरोधमा प्रचार हुन्छ । यहि हो त लोकतान्त्रिक पार्टीको सिद्धान्त ? पार्टी नेतृत्वले सबैको कुरा सुन्नुपर्ने हौ, तर आफ्नो पुरानो गुटको कुरा सुन्ने पार्टी सभापति कांग्रेसको सभापति हो, कि न कुनै गुटको । आज पार्टीमा सैद्धान्तिक विचलन छाइरहेको छ । यसलाई जनतामाझ के कसरी पुर्याउने, कम्युनिष्टले देश कब्जा गर्न लागे, भ्रष्टाचार, अन्याय, अत्याचारलगायत अहिले कोरोनाले मानिसको स्वास्थ्यमा तथा अर्थतन्त्रको विषयमा कहिल्यै छलफल तथा बहस हुन सकेन ।

    गुटगत भेला दिनको तीन/चार चोटी गर्न सक्ने तर पार्टीको भेला कहिल्यै गर्न नसक्ने यो कस्तो लोकतान्त्रिक पार्टी हो ? जो भएपनि उस्तै भनेजस्तो हिजो तिनै देउवाले गुट चलायो, पार्टीको निर्णय गर्न गार्यो भयो भन्नेहरु आज आफैं गुटलाई बढी प्राथमिकता दिइरहेका छन् । उनिहरु संगठन विस्तारभन्दा पनि गुट विस्तार र सरकारको कृयाकलापको विरोध भन्दा पनि नेतृत्वको खुलेर विरोध गर्न तम्तयार हुन्छन् । अनि पार्टी कसरी बन्छ ? आज एउटा नव प्रवेशी कार्यकर्तालाई कांग्रेस बन्ने भन्दा पनि रामचन्द्र पौडेल वा शेरबहादुर देउवाकौ बन्नेमा बढी दिल जाने अवस्था छ । यसले पार्टीको हित गर्ने देखिंदैन र यसको परिणाम २०७४ सालको निर्वाचन पछि अहिले देखापरिरहेको छ । त्यसैले अहिले गुटलाईभन्दा सिद्धान्तलाई बढी वहस चलाउने, पार्टी नेतृत्वलाई भन्दा सरकारको गलत रवैयाको विरोध गर्ने अभ्यासको थालनी गरौं ।

    प्रतिक्रिया
    थप समाचार