Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

संसारमा योगदान गर्ने मानिसहरु अमर रहिरहन्छन्

संसारमा योगदान गर्ने मानिसहरु अमर रहिरहन्छन्


दीर्घराज प्रसाई
  • आइतबार, भाद्र २८ २०७७

  • –दीर्घराज प्रसाई

    मान्छे प्रकृतिक हो, इतिहास मनुस्यकृत हो । मान्छे प्रकृतिको राजा हो । प्रक्रितिले मान्छेलाई विवेक दिएको हुन्छ । समयमा सिर्जनात्मक विचारहरु दिनसक्ने व्यक्तित्वहरुको संसारले नैं कदर गर्छ । संसारमा सभ्यताको विकास र त्यसपछि मान्छेबाटै भएका चमत्कारपूर्ण वैज्ञानिक आविस्कार ती सबै मान्छेहरुबाट सिर्जना भएका उपलब्धिहरु हुन् । समयले सृजनात्मक मान्छेको सिर्जना गर्दछ भने मान्छेले इतिहासको निर्माण गर्दो रहेछ । त्यस्ता व्यक्तिहरु यसरी नैं दुनियामा अमर रहिरहन्छन् । राम्रो विचारलाई मान्छेले जति नै दवाउन खोजेता पनि त्यो दब्दैन । मान्छेले चाह्योे भने जे पनि गर्न सक्दछ । तथापि कतिपय ठाँउमा मानिसहरुले नैं विवेकरहित भएर सामाजिक अस्मितालाई लथालिङ्ग पार्ने काम पनि भएका छन् । यसले गर्दा मानिसहरुकै कारणले प्रकृतिलाई विकृृति बनाउन पनि खोजिएको छ । मान्छेहरु कोही मूलको पानि खान्छन्, कोही कुवाको, इनारको पानी, कोही खोलाको, कोही नदीको र तालको पानी खान्छन् । मानिसबाट बुद्धि अनुसारको काम हुँदोरहेछ । मिश्रमा ३३ सयवर्ष अगाडि यस्तो सम्यताको विकास भयो कि जहाँ ३ सयभन्दा बढी देवी देवताहरुको पूजा गरिन्थ्यो । मान्छेहरु आधा समय देवताको पूुजा गरी समय विताउँथे । सभ्यताको विकृतिको उपहास भइरहेको बेलामा राजा एख्नोटनले सम्पूुर्ण देवी देवताको मूर्ति तोडेर कडा नीति अवलम्बन गरी मिश्रवासी सबैलाई एक ईश्वरवादी बनाइ दिए । मान्छेहरु सूर्यको मात्र पूजा गर्न थाले ।

    समाजमा विसंगतिहरु बढदै पनि जान्छन् । यसरी बिकृति बढ्दै गएपछि समयले आफै निकास माग्छ । त्यस्को लागि समाजमा एउटा मुक्तिदाताको जन्म हुन्छ । नेपालमा गौतम बुद्धको जन्म हुनु पनि त्यो बेलाको माग भयो । वुद्धले वोधिसत्व प्राप्त गरे । बुद्धको विचार ब्यापक हुन गयो । वुद्धविहारको संख्या बढ्दै गयो । वौद्ध मठ–विहार भित्र क्रमशः भिक्षु भिक्षुणीहरु बीच अनाचार बढ्न थाल्यो । सन्यासीहरुको विकृतिले गर्दा बुद्ध धर्म माथि ठुलो संकट आइपुग्यो । यस्ता विसंगति तथा सन्यासी आश्रमभित्रका विकार फाल्न आदि शंंकराचार्य नेपालमा आई भिक्षुणीहरुलाई जवरजस्त विवाह गराई बुद्ध मार्गीहरुलाई गृृ्रहस्तहुन वाध्य गराइयो । यस प्रकारले वुद्धधर्मभित्र सन्यासी र गृहस्थ आश्रम कायम हुन गयो । यसरी व्यवहारिक नीतिको आधारमा बुद्धधर्म विश्वव्यापी हुन गयो । परिस्थितिवस संसारमा विकृति आफ्सेआप्m आउँदा रहेछन् । मान्छेहरुले नबुझेर आफ्नो स्वतन्त्र अस्तित्व पनि गुमाउने परिस्थति आफै निम्त्याउँदछन् पनि । संसार भरका राज्यमा भएका उथलपुथल सबै विकृतिकै परिणाम हुन् । अतः विकृतिलाई सही पहिचान गरेर फाल्न सकियो भने मानवीय समाजको जग बस्छ ।

    इतिहास भनेको निर्माताहरुको हुन्छ । बाइस् सयवर्ष अगाडिनैं सम्वृद्ध भइसकेको चीनको चाउ वंशलाई राजा सिंहह्राङटीले ध्वस्त पारी त्यस अगाडिका चीनका सम्पूर्ण इतिहासका स्रोत, ऐतिहासिक सामाग्रीहरु डडाएर र शीलापत्र, मूर्ति एवं मन्दिरहरु भत्काएर कुनै प्रमाणहरु नभेटिने पारेर सिंहह्राङटीले शासनसत्ता कब्जा गरेर आफूलाई चीनको प्रथम सम्राट घोषित गरेका थिए । राजा सिंहहा्रङटीले उत्तरमा मंगोलियासम्म र अन्य धेरै भूभाग समेत जोडेर चीनको सीमा बढाएर विशाल चीनको निर्माण गरेका थिए । उनले सुरक्षाको लागि वरिपरि ६ सय किलोमिटर भन्दा लामो विशाल पर्खाल बनाएर चीनको सुरक्षाको ग्यारेन्टी गराएका थिए । उनी चीनमा अमर छन् । चीनको त्यो पर्खाल अध्यावधि देख्न सकिन्छ । एउटा स्मरणीय कुरा छ कि विश्वको सातौं आश्चर्य मध्ये चीनको त्यो विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मंत्रलाई मङ्गोल सम्राट कुवलाई खाँले चौधौं शताब्धी ‘ॐ नमो भगवते ..’ आदि लेखिएको कुरा उल्लेख छ,– पुरुषोत्तम घिमिरेले (२०६३।१२।१८ गोरखापत्र) । यसैगरी स्वामी डा. प्रपन्नाचार्यले आफ्नो भ्रमणको क्रममा चीनको ग्रेटवालको ढोकाहरुमा महाभारतका श्लोकहरु ंसंस्कृत भाषामा कलापूर्ण अक्षर लेखिएको कुरा उल्लेख गर्नुभएको छ । चीनको पहिलो सम्राट सिंहह्राङटीले चीनको सम्पूर्ण स्रोत र प्रमाणहरु जलाएर ध्वस्त पारिदिएता पनि २५ सयवर्ष अगाडिका चीनका धर्मगुरु कन्फ्यूसियस्का विचारहरु चाँही जीवीतै रहिरहे । कन्फ्यूसियस्का विचारहरुलाई थिच्ने काम गरिएता पनि अहिलेसम्म चीनमा कन्फ्यूसियसका विचारको प्रभाव जमाएको नैें छ ।

    विक्रम संवत् १८०० भन्दा अगाडि भारत लगायत एशियामा अंगे्रजी साम्राज्यको दबदवा बढ्न लागेको अवस्थामा हिमवतखण्डका स–साना राज्यहरु आफ्नो अस्तित्वको खोजीमा थिए । त्यो बेला गोर्खाका राजा पृथ्वीनारायण शाहलाई पनि गोर्खा लगायत हिमवत्खण्डका हिन्दु राज्यहरुको अस्मिता खतरामा पर्नसक्छ भन्ने सोच राखेर यस क्षेत्रका स–साना हिन्दु राज्यहरुको एकीकरण गर्न साम, दाम, दण्ड, भेदको नीति अवलम्वन गरेर पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा हरेक जातजाति, समूहको सक्रियतामा पृथ्वीनारायण शाहको समयदेखि स्थापित हुन सकेको हो विश्वको एक मात्र हिन्दु अधिराज्य यो देवभूमिमा । त्योबेला यसक्षेत्रकाका तमाम जनता यस्तो सशक्त पृथ्वीनारायण शाह जस्तो एक कर्मठ हिन्दु राजाको संरक्षण पाउँदा यसक्षेत्रका राज्यका जनताले खुसीसाथ राष्ट्रिय एकीकरणको समर्थन गरेका थिए । वास्तवमा त्यो बेला यस क्षेत्रका थुप्रै हिन्दु राज्यहरु संकटमा पर्ने अवस्था नहूँदो थियो त विशाल नेपालको एकीकरण गर्न गाह्रो पर्ने थियो । नेपालको एकीकरणमा प्रेरणाको स्रोतको रुपमा मगर जातिकी एक कन्याबाट पे्ररणा मिलेको कुरा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा उल्लेख गरेका छन् । नेपालको राष्ट्रिय एकीकरणको अभियानमा मगर, गुरुङ, खस, ठकुरी, ब्राम्हण लगायत कामी, दमाई, सार्की आदिको सहयोगमा नेपालको एकीकरण अभियानमा सक्रिय बनेर लागेकाले पृथ्वीनारायण शाह सबै जातजाति र समूदायलाई राष्ट्रिय एकताका स्रोत ठान्थे ।

    यसरी सबै जाति, समूदायको प्रयत्नबाट पृथ्वीनारायण शाहबाट सन् १८२४ मा कर्नेल कील्लकको नेतृत्वमा आएको अंगे्रजी फौज र मिरकासिमको नेतृत्वमा यस क्षेत्रमा प्रवेश गरेको मुस्लिम आक्रमणलाई समेत परास्त गर्दै विक्रम संवत् १८२५ अर्थात सन् १७६८ मा काठमाण्डौं उपत्यका विजय गरेर विशाल नेपालको एकीकरणमा ठूलो सफलता हासिल गरेका थिए । पृथ्वीनारायण शाहबाट भएको नेपालको एकीकरण भन्दा १ सय बर्षपछि जर्मन र इटालीको एकीकरण भएको थियो । नेपालको एकीकरण हुनुभन्दा १ सय बर्षपछि अन्धकारमा रहेको जापान सन् १८६८मा मेजी रेष्टुरेसनबाट जापानले आधुनिक निर्माणको बाटो लिएको थियो । नेपालको एकीकरणभन्दा अगाडि अमेरिका बेलायतको उपनिवेशक थियो, स्वतन्त्र थिएन । त्यस्तो बेलामा अंग्रेजी सम्राज्यले यस क्षेत्रलाई आफ्नो कब्जामा लिन लागेको अवस्थामा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर सूर्य र चन्द्रमाको झण्डा फहराएर हिमवत्खण्ड–नेपालको मौलिकतालाई जोगाएर विश्वभरमा नेपालको परिचय दिलाएका थिए । यो नैं नेपालीहरुको राष्ट्रियताको गौरवमय इतिहास हो ।

    राष्ट्र निर्माणको इतिहासमा बनाउने र भत्काउनेको नाम आउँछ । निर्माताहरु हरेकका मनमा श्रद्धाका पात्र हुन्छन्– अमर बन्दछन्, भत्काउने दलालहरु घृणाका पात्र बन्छन् । आफू मरेपछि पनि आप्mनो लास नाङ्गै घुमाउने कुराको समर्थन मान्छेले गर्दैन । नेपालको शक्तिस्रोतको रुपमा चिनिएको सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा फहराएर राजा पृथ्वीनारायण शाहबाट एकीकृत यो पूण्यभूमि हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह त्यसैले राष्ट्रनिर्माणको इतिहासमा पूजनीय छन् । इतिहास भनेको राष्ट्रको ऐना हो । राष्ट्रनिर्माणमा काम गर्नेहरुको लागि कसैले बाटो छेकेर छेकिदैन । तर विदेशीको षडयन्त्रबाट कैयौं सपुतहरु १९०३ को कोतपर्वमा मारिए । राणाको निरंकुश सत्ताको बिरुद्ध १९९७ सालमा चार अमर सहीदहरुले अमरत्व प्राप्त गरेपछि राजा त्रिभूवनले सहीदहरुको सपना साकार गर्न श्रीपेज समेत दाउमा राखेर प्रजातन्त्र स्थापनामा उदाहरण बने । त्यस्तै प्रजातान्त्रिक सिद्धान्तको अडानमा बीपी कोइराला, ढंकप्रसाद आचार्य, गणेशमान सिंहले कसैसँग संझौता गरेनन् भने नेपालको राष्ट्रियताको संवर्धनमा राजा महेन्द्रबाट गरिएका योगदानहरु पनि त्यत्तिकै स्मरणीय छन् । तर २०६३ सालपछि जानेर हो वा नजानेर नेपालका पार्टीका नेताहरुले नेपाललाई रक्तरञ्जित बनाएर विदेशीहरुको चहाना अनुसार यो पूण्यभूमिको पहिचान तथा अस्मिता बिटुलो बनाउन खोजिएको छ । नेपालका पार्टीका नेताहरुले नेपालका राष्ट्रियताको सम्वेदनशीलता अहिलसम्मे बुझ्न सकिरहेका छैनन् ।

    नेपालको राष्ट्रियता यसरी टपक्क फूलेको छ कि जसमा नेपाली संस्कृतिको सुबास विश्वभरी फैलिएको छ । नेपाल सरहद भित्र अनेकौं जातिहरु मिलेर एक साझा सगोलरुपमा एकीकृत भएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छांै । नेपालको राष्ट्रियता चुरो अनेकतामा एकता हो । हाम्रो देशमा विभिन्न जातिहरुको संझौताबाट साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ । नेपालमा हिन्दु, वैदिक र बौद्धको समष्टीबाट नेपाली संस्कृतिको सिर्जना भएकोछ । सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ । स्कन्दपुराणको ६९ औं अध्यायमा उल्लेख छ– ‘आर्यश्रेष्ठ ने–मुनि ठूला तपस्वी थिए । हिमालय पर्वतको काखमा सप्तऋषिका साथ रहन्थे । देवीको आज्ञा र वरलाई स्वीकारेर ‘नेमुनि’ ले पशुपति क्षेत्रलाई निरन्तर धर्मले पालन गरेका थिए ।’ त्यही पूण्यभूमि हो अहिलेको नेपाल अधिराज्य ।

    हामी नेपालीहरु संस्कृतिका कति धनी छौं । हामी नेपालमा पचासौं मात्री भाषा बोल्दछौं, यी संम्पूर्ण मात्रृ भाषाहरुलाई जीवित राख्न सम्पर्क भाषाको रुपमा नेपाली भाषा सबै जातिको साझा राष्ट्रभाषाको रुपमा स्थापित भएको छ भने राष्ट्र निर्माता नेपालका समयदेखि स्थापित हिन्दु अधिराज्य रहँदा विश्वका धर्म निरपेक्ष राज्यहरु भन्दा नेपाल धेरै उदार मानिएको हो र छ । यही देशमा मुसलमान, क्रिस्चियन् र अन्य धर्मावलम्वीहरु पनि आफ्ना धर्मकर्म मान्नमा स्वतन्त्र छन् । तर नेपाललाई अगाडि बढाउने कुरामा विदेशीहरु मात्र अगुवा भएर हिडाइएकाले नेपाल नेपालीहरुको सोच अनुसारको नभएर विदेशीहरुको खेलमैदान हुँदो छ । अव पनि यही परिस्थिति रहिरह्यो भने भोलिका दिनहरुमा गृहयुद्धको चपेटामा नेपाल फस्नसक्छ । त्यसैले अव नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र संतुलन कायम राख्ने तथा विश्वको एक मात्र हिन्दु अधिराज्यलाई यथावत रुपमा कायम राखेर नेपाल र नेपाली जनताको कसरी उन्नति गर्न सकिन्छ भन्ने मार्ग दर्शनलाई आधार बनाएर आफ्नो मातृभूमिका पहिचान बचाउन सरकार, राजनीतिक दलहरु तथा हरक्षेत्रबाट राष्ट्र निर्माणमा सशक्त भएर युगयुगान्तरसम्म पूजनीय हुने काम गरौं ।

    Email:[email protected]

    प्रतिक्रिया
    थप समाचार