Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

वामदेव र कुलमान

वामदेव र कुलमान


गणेश खड्का
  • शुक्रबार, असोज २ २०७७

  • राजनीतिमा असम्भव केहि छैन र हुँदैन भन्ने वाणी नेपालमा पटकपटक मेल खान्छ । राजनीति एउटा सामाजिक कार्य हो, यसले देश र जनताको सेवामा विना स्वार्थ लाग्नुपर्ने हो । तर हामीकहाँ देश र जनता भन्दा पनि आफु र आफन्तको सेवामा लागिरहेका छन् । जो राजनीतिमा छ त्यसले मात्र होइन, त्यसका आफन्त, नातागोता, नजिकका सबैले अवसर र फाइदा लिइरहन्छन् । तर जसले नेता बनायो, सांसद बनायो तथा मन्त्री, प्रधानमन्त्रीसमेत बनायो त्यसको अबसर कहिल्यै आउँदैन । र उ हिजो जे थियो भोली पनि त्यहि रहन्छ । नेकपा उपाध्यक्ष वामदेव गौतम जनताले नरुचाएका व्यक्ति हुन् । वर्दियाबाट जनताले हराइ यो संसदको कार्यकालमा कुनैपनि सांसद, मन्त्री पदमा अयोग्य व्यक्ति बनाएका थिए । तर नेकपा र सरकारले त्यहि हरुवा वामदेवलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गरी राष्ट्रपतिले मनोनित गर्नुभयो । राष्ट्रिय सभा अहिले हरुवाहरुको सभा भएको छ ।

    राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्य कुनै राजनीतिक दलको सदस्य नभएको, देशलाई विशिष्ठ योगदान गरेको ब्यक्ति हुनुपर्नेमा जनताले तिरस्कार गरेको व्यक्तिलाई मनोनित गर्नु कत्तिको न्यायोचित हुन्छ, यो आम जनताको प्रश्न हो । राष्ट्रिय सभा एउटा बिशिष्ठ सभा हो, त्यौ नीतिनियमको विषयमा गम्भिर छलफल हुने ठाउँ हो, तर त्यो ठाउँ अहिले चुनावमा हार व्यहोरेका र आफ्ना पार्टीको भागबण्डाको भर्तिकेन्द्र बनेको छ । आखिर वामदेवविना राष्ट्रिय सभा चल्दैन ? वामदेवविना राष्ट्रिय सभाको गरिमा उच्च हुँदैन ? पार्टीको आन्तरिक विवाद मिलाउनका लागि संविधान विपरित कार्य गरैर नैकपा र सरकारको चरित्र उदाङ्गो भएकौ छ । यसो हुनु देशको लागि दुर्भाग्य हो ।

    अर्को नेपाल र आम नेपालीलाई उज्यालो बनाउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुर्ननियुक्ति दिन नचाहनु यो कस्तो नियतको सरकार हो ? जनताको हाइहाइलाई बाइबाइ र जनताको बाइबाइलाई सरकारको हाइहाइ यहि हो दुइतिहाई बहुमतको सरकारको परिणाम ? आज जनताले यस्तो काम गर्न नेकपालाई मत दिएको होइन, देशभरी उज्यालोको संवाहक कुलमान घिसिङको पक्षमा जनलहर चलिरहँदा सरकार त्यसलाई दवाइरहेको छ । तर जनताले तिरस्कार गरेका वामदेवलाई सम्मान स्वरुप राष्ट्रिय सभामा लैजान्छ, यहि हो जनताको मतको कदर ?

    आज सरकारको विभाग विद्युत प्राधिकरण जसले सरकारको साखसमेत जोगाई रहेको थियो । विगत लामो समयदेखि घाटामा रहेको संस्थालाई नाफामा लैजाने सक्नै दैनिक १८–२० घण्टाको लोडसेडिङलाई शुन्यमा झार्ने, विद्युत चुहावटलाई नियन्त्रण गरी सरकारको साखसमेत जोगाएको कुलमानलाई पुर्नवहाली गर्न के कुलमान पनि वामदेव जस्तो हुनु पर्ने हो ? वा वालुवाटार र सिंहदरबार चाहारी बालुवाटार र सिंहदरबारका भक्तहरुको गुलामी गर्नुपर्ने हो ? आज नेकपा सरकारप्रति जति जनताको वितृष्णा छाएको छ, अब फेरी झन् बढी वामदेवलाई मनोनित र कुलमानको बर्हिगमनले जनता थप आक्रोशित भएका छन् । अहिले कुलमानको पक्षमा र वामदेवको विपक्षमा सडक तातेको छ । यसलाई सरकारले गम्भिर रुपमा लिई मूल्यांकन गर्नुपर्दछ । नत्र सरकारको गिरेको साख झन् गिर्नेछ र जनतामा झन् निराशा बढ्नेछ ।

    प्रतिक्रिया
    थप समाचार