Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

यो सालको बडा दशैंः कोरोनाको महामारीमा हामी सबैले होसियारीसाथ मनाऔं

यो सालको बडा दशैंः कोरोनाको महामारीमा हामी सबैले होसियारीसाथ मनाऔं


दीर्घराज प्रसाई
  • बुधबार, कार्तिक ५ २०७७

  • –दीर्घराज प्रसाई

    सांस्कृतिक परम्परा र मान्यतो कस्तो हुन्छ भने जस्तोसुके अप्ठयारो समयमा पनि बडो आस्थाकोसाथ मनाउने गरिन्छ । स्मरण होस– २०६५ सालको दशैंमा माओवादी नेता प्रचण्डले ‘दशैं सम्पन्नहरुले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै दशैं नमान्ने निर्देशन दिएका थिए । यसरी माओवादीले दशैलाई दशैंलाई बहिस्कार गर्न अपील गरेता पनि तर स्वदेश–विदेशमा दशलाईै बडो हर्षोल्लासले मनाइयो । प्रचण्डको कुरालाई कसैले मान्यता गरेनन् । युयौदेखि प्रचलीत संस्कृतिलाई वहिस्कारको कुरा गर्नु भनेको समाजलाई बिथोल्न खोज्नु बाहेक केही होइन । माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराई लगायत धेरै क्रिस्चियन भएकाले उनीहरु अध्यावधि हिन्दु सांस्कृतिक पर्वहरुको बिरुद्ध सक्रिययताकासाथ बोल्ने गर्छन् । अहिले बाबुराम भट्टराईले माओवादी पार्टी छोडेर उपेन्द्र यादव लगायत तराईका विखण्डनकारी जमातसँग मिलेर समाजवादी मधेसी पार्टीको अध्यक्ष बनेका छन् । उनी र उपेन्द्र यादवहरु बहुराष्ट्टिय समाज स्थापना गर्न यूरोपका इसाई राष्ट्रहरुको इशारामा सक्रिय छन् । बाबुराम भट्टराई भन्छन्– हिन्दु धर्म विकासको वाधक भएकाले नेपालको धार्मिक संस्कृति र परम्परालाई परिवर्तन नगर्दासम्म देशको विकास संभव नभएको हो ।

    २०६३ सालदेखि देशभित्र सत्ताको लागि संसदवादी पार्टीहरु नेपाली कांग्रेस, एमालेहरु पनि माओवादीको बाटोमा लागेकाले नेपालको राष्टियता, धर्म, संस्कृतिमा ठूलो प्रहार भइरहेको छ । २०६३ साल जेष्ठ ४ गते धर्मनिरपेक्ष घोषणा गर्नु पनि नेपालको राष्टिय एकीकरणमा पृथ्थ्वीनारायण शाहबाट हिवतखण्डका स–साना हिन्दु राज्यहरुलाई एकीकृत गरेर स्थापित भएको विश्वको एक मात्र हिन्दु अधिराज्यलाई समाप्त गराएर इसाईकरण गनुृ थियो । त्यसैले अहिलेको नेपालमा कोरोना जत्तिकै खतरनाक भाइरसको रुपमा हिजोका माओवादीहरु देखिएका छन् । कांग्रेस र एमालेहरु पनि त्यही डयाद्व्का मूला हुन् । त्यसैले हामी नेपालीहरुले कोरोनासँग मात्र डराउने होइन, २०६३ सालदेखि सत्ता कब्जा गरेर देश खान खोज्ने राष्टघातीहरुसँग पनि त्यत्तिकै होसियार हुनुपर्ने स्थिति छ ।

    विक्रम संवत् २०७७ सालमा कोरोना महामारीको बेलामा पनि बडा दशैलाई ठूलो महत्वकासाथ मनाउने तरखरमा हामी लागेता पनि यो महामारीको समयमा भडिभाड नगरी बडो होसियारीको साथ बडा दशैलाई सम्पूर्ण दशा–संकटबाट मुक्त हुनसक्ने दुर्गा भगवतीको आराधनामा केन्द्रीत रहेर मनाऔं । नेपालका सांस्कृतिक मान्यताहरु मध्ये दशैं यसक्षेत्रको मौलिक चाड हो । घटस्थापनादेखि नवरात्रसम्म गरिने बडादशैं अर्थात नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रीसम्म पूजा गर्न कलस थापी, जमरा राखी, परम्परागतश शास्त्रीय विधिविधान अनुसार दशै प्रारम्भ हुन्छ । घटस्थापना प्राय सबैतिर एउटै प्रकारको चलन भएता पनि जुम्लाको चन्दननाथ र भैरवनाथ मंदिरमा ५२ हात लामो लिङ्गो ठडयाइने परम्परा छ । बर्षमा ५२ हप्ता हुन्छ भनेर ५२ हाते लिङ्गो ठडायाइदोरहेछ । यो परम्परा वि.सं. १४९८ देखि प्रारम्भ भएको बताइन्छ । परम्परागत धार्मिक चलन अनुसार लिङ्गो ठडयाएर घटस्थापनाको विधिविधान अनुसार घटस्थापना प्रारम्भ गरिन्छ । यसहिसावले काठमाण्डौंमा बडादशैको रौनक अत्यन्त उल्लासमय हुन्छ । बडा दशैं नेपालीको राष्ट्रिय सांस्कृतिक पर्वको रुपमा मानिन्छ ।

    घटस्थापनादेखि दशमीका दिनसम्म भ्यायसम्म सबै शक्तिपीठहरुमा सबै जातका नेपालीहरु आराधनाको लागि पुग्ने गर्दछन् । गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा, १३थुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजबिराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगङ्गकी माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिङचोक भगवती, काठमाण्डौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतिदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाण्ठडौं र भक्तपुरकी इन््रद्रायनी, भक्तपुरकी नवदुर्गा, पाटनकी वगलानमुखी, हनुमान ढोका–तजेलु भवानी, साँखुकी बज्रयोगीनी, पाटनकी बज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, वाग्लुङ्गकी माइस्थान, स्यांजाकी चन्डीकालीका, नेपालगञ्जकी बागेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उघ्रतारा, कालिकोटकी बडी मालिकादेवी लगायत नेपालभरका अनेकौ शक्तिपीठहरुमा भक्तजनहरुको ठूलो उपस्थिति हुन्छ । यसरी हरेक क्षेत्रका शक्तिपठिहरुको आ–आफ्नै महीमा छ ।

    देवीपुराणमा उल्लेख छ–‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेका थिए ।’ यसरी नैं पद्मपुराणमा उल्लेखछ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको वध गरेका थिए ।’ तर रावणको वधको विषयम कतिपय धार्मिक विद्वानहरुले विजय दशमीमा नैं रावणको वध भएको थियो भन्ने अर्थ लगाउने गर्छन् । तर देवी पुराण र पद्यपुराणमा उद्धृत वाक्यलाई नैं प्रमाणित मानिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्तहुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयदशमीको दिनदेखि शुभदिनकोरुपमा हिमवतखण्ड तथा भारतखण्डमा मानिँदै आएको हो । असत्य माथि सत्यको विजयको पतीकको चाड हो दशैं ।

    नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नैं धनी राष्ट्र मानिन्छ । हामी नेपालीहरुका चाड पर्वहरु यति मौलिक छन् कि कतैबाट नकल गरिएका होइनन् । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि इन्द्र जात्राको शुभदिनमा कुमारीको हातबाट टिका ग्रहण गरी हनुमानढो सिंहासनमा आरोहण गरेका थिए । काठमाण्डौं उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दशैमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट दबैको सप्तमीका दिन बढाईकासाथ काठमाण्डौं ल्याउने परम्परा बसाएका थिए । त्यो परम्परालाई अध्यावधि मनाइन्छ । स्वदेश–विदेशमा जहाँजहाँ अवस्थित नेपालीहरु सकेसम्म दशैं मनाउन उत्सुकताकासाथ आ–आफ्नो घर फर्कन्छन्, आफ्रनो मातृभूमिमा फर्कन नसक्नेहरु विदेशमा स–गौरवकासाथ दशैं मनाउँछन्ं ।

    वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । पाञ्चायन् देवतामा गणेश, भगवती, सूर्य, शिव, बिष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायत देवी–देवताको आराधनाको आ–आफ्न्नैं समय हुन्छ । घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आरधाना गर्ने समय हो । हामी सबै हिन्दु तथा बौद्धहरु नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आरधाना गछौं । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडि हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरुबाट टिका लाउने प्राचीन परम्परा छ । तर कतिपय व्यक्तिहरु इसाईहरुको पारामा लागेर दशैंलाई बहिस्कार गर्ने अभियानमा सरिक भएको देखिन्छ । दशैंको बहिस्कार विषयमा स्वामी प्रपन्नाचार्यले उसैबेला व्यक्त गर्नुभएको थियो–‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देबीको नाम हो । इष्टदेव महादेव, पार्बतीलाई पारुहाङ तथा सम्निमाको रुपमा मान्ने गरिएकोछ । लिम्बुहरु धाृवासाम,युमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडि हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरुबाट टिका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन ।’ नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यताहरु माथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरुलाई खुसी पार्ने कुरा आत्मघाती हो ।

    दशैंमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणली, बैष्णम, जैन धर्मावलम्वीहरु पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्छन्– ‘विजय दशमीको धार्मिक, सांस्कृति एवं दार्शनिक महत्व अति नैं छ । नवरात्रभरि शक्तिरुपा देवी दुर्गाको विविध स्वरुपको आरधना गरी काम क्रोध, मोह,मद जस्ता दुर्गुणलाई त्याग्न साधना स्वरुप पशुवलि गनैृ मुख्य पर्व जस्तो बन्न गएकोले खसीबोका पर्वको रुपमा विकसित हुँदै जानु ज्यादै दुःख छ । धर्मको महत्व, गौरव र शालीनतालाई नैं पशुवलि परम्पराले यस्तो मोडमा धेकेलेको छ ।’ यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन् –‘हाम्रा धर्मशास्त्रहरुले राजश,तामस यासात्विक पुजाविधि चयन गर्न अधिकार दिएको छ ।बलि नदिइृ पनि पुजा गर्न सकिन्छ तर बडादशैंमा आरधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरुपणिी दुर्गाभवानीको लागि वलि आवश्यक छ । देवीहरुको वलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरुले पनि वलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिको लागि पनि वलि अनिवार्य छ । राज्य शक्ति अथवा प्रभुसत्ता सरकारका लागि वलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकमलदेखि नैं पशुपक्षीहरको वलि दिने व्यवस्था रहँदै आएको छ ।’

    यसरी मतभिन्नता पनि प्रारम्भदेखि नैं हुँदै आएता पनि दशैलाई पशुपक्षीको वलि चढाएर मनाउने र वलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । महादशैंमा बलीको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्– ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुनजानेछ । शक्ति साधना मरुल पर्व मानिएको बडादशैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारम्किक बालदेखि नैं सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो । पुराणले भनेको छ– मोहले वा अहंकारले दशैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनु हुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ । तर कतिपय क्रिस्चियन प्रभावमा परेका जनजातिका अगुवाहरु यसक्षेत्रको सांस्कृतिक अध्ययन नैं नगरी भन्छन्– पृथ्वीनारायण शाहले जवरजस्ती लाधेको हा,े भन्दै पाल्छी कुरा गरेर दशैं बारेमा भ्रम खडागर्न खोजेका छन् । पार्टीगत रंगले पनि दशैंलाई दुषित पार्न खोज्दैछ । ‘दशैं सम्पन्नहरुले मात्र मनाउनसक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेता प्रचण्डले २०६३ सालपछि दशैं नमान्ने निर्देशन दिएता पनि दशै बडो हर्षोल्लासले मनाइएको थियो । ’दशैं र तिहार जनजातिको चाड होइन‘ भन्दै आफूहरुलाई पृथक जाति देखाउने केही जनजातिहरु लागेका छन् ।

    दशैंमा निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लगाउने चलन जनजातिहरुबाटै प्रारम्भ भएको हो । काठमाण्डौं उपत्यकामा राता अक्षताको टिका लगाउने परम्परा भएतापनि नेपालमा लिम्बु, राई, मगर, गरुड, तामाड जातिहरुले विजय दशमीकादिन दहीमा सेता अक्षता घोलेर निधारभरी टिका लगाउने चलन छ । स्वदेशमा केही जनजातिका अगुवाहरुले बहिस्कार गर्ने कुरा उठाएता पनि विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिब्बु, मगर, थकाली, थारु, जो नेपाली होस् उनीहरुले दशैं नेपालीहरुको मौलिक चाड हो भन्ने कुरालाई आत्मसाथ गरेर हर्षोल्लासपूर्वक दशै मनाउँछन् । दशैंझै तिहारलाई दार्जिलिङ्ग, सिक्किम, डुअर्स, आसाम,देहरादूनमा त दशैं र तिहारलाई गोर्खाहरुको एकताको बिंडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इण्डोनेशिया,लगायत विश्वका अनेकौं देशहरुका हिन्दुहरुले आआफ्नै प्रकारले दशैं मनाउँछन् । नेपालीभाषी नेपाली जाति बाहेक भारतीय हिन्दुहरु टिका नलगाएर पनि दशैको उत्सव मनाउँछन् । नेपाल र नेपाल बाहिरका हिन्दु–बौद्धले विजय दशमीको शुभसाहितमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रम अनुसार टिका प्रारम्भ हुन्छ ।

    हिन्दु र बौद्ध वीचको सामञ्जस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ वीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्नेगरिन्छ । बौद्धहरु पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाण्डौं उपत्यकामा बौद्धहरु आठओटा शिवलिङ्गलाई अष्टवैतरागको रुपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरु मञ्जुश्रीलाई सरस्वती मानेर पूजागर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्नेगरेका छन् । मुक्तिनाथको मंदिरमा लामा र बैष्णव दुबै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दुहरु नारायणको रुपमा र बौद्धहरु भगवान बुद्धको रुपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दु तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगनारायण स्थित गरुडलाई बौद्धहरु हरिहरवाहन लोकेश्वर मान्दछन् । बुढानिलकण्डलाई बौद्धहरु १०८ लोकेश्वरको रुपमा आराधना गर्छन् ।

    बौद्ध बिहारहरुका मूलढोकामा दाँया र बाँया गणेश र महांकालको प्रतिमा खडा गरी पूजागर्ने गरिन्छ । यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा हामी नेपालीहरुले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकौ । दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदि अनेकौ चाडपर्वहरु नेपाली समाजका जीवनपद्धति हुन् । राजा पृथ्थ्वीनारायण शाहबाट कान्तिपुर हनुमानढोकाको राजसिंहासनमा कुमारीको हातको टिका लगाई कुमारीको पाउमा ढोग गरेपछि गोर्खाबाट गोरखकालीको प्रसादको रुपमा हरेक साल बडा दशैको लागि फूलपातीकादिन बडो बढाईकासाथ हनुमानढोकामा भित्तयाउने काम गरिन्छ । त्यही प्रसाद र राजदरबारमा घटस्थापनामा पूजाआजा गरिएको प्रसादकासाथ राजाबाट नेपाली जनतालाई टिका ग्रहण गर्ने परम्परा कायम छ ।

    यद्यपि अहिले राजा राज सिंहासनमा नरहेर बाहिरै रहेकोबेलामा पनि हजारौं हहार जनताको निर्मल निवासमा टिका ग्रहण गनृ भिड लाग्छ । राजा ज्ञानेन्द्रबाट जो जति जनताको उपस्थिति हुन्छ, ती सबैलाई रातीसम्म रहेर पनि टिका ग्रहण गर्ने गरेको हुन्छ । तर यसपाली काोरोनाको संक्रमणको कारणले राजाबाट टिका नलगाउने सूचना प्रकाशित भएको छ । २०६३ सालदेखि हामी नेपालीहरुले इन्देजात्रा, दशै तिहार, अनेकौं चाडहरु मान्दै आएता पनि जसरी नेपाली जनताको अभिमतबीना धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गरियो यो बितेको १३ बर्षमा हामी नेपालीहरु अत्यन्त अन्योलमा फसेका छौं । नेपाली जनता अधिराज्यभरी नेपालमा संवैधानिक राजसंस्था यथा स्थानमा रहिरहनुपर्छ भनिरहेका छन् ।

    वास्तवमा राजसंस्था नेपालको सार्वभौमसत्ता, एकताको लागि अपरिहार्य संस्थाको रुपमा मानिन्छ, जसले चीन तथा भारतकोबीचमा संतुलित संवन्ध कायम गरेर विदेशी हस्तक्षेपबाट मुक्त गराउन सँधैं सचेत रहिरहने नेपालको स्यायी राष्ट्र प्रमुखको रुपमा राजसंस्था नै भएकाले सबै पक्षको सहमतिमा संवैधानिक राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्यलाई अटल राख्न समझदारी हुनुपर्छ । यसअवस्थामा हाम्रा धर्म, संस्कृति, चाड, पर्वहरुमा पनि कुनै खतरा आउँदैन । त्यसैले हामी नेपालीहरुले नवदुर्गा भगवतीसँग प्रार्थना गरौं कि यथाशिघ्र नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन कायम हुन सकोस् । यसको सार्थ विक्रम संवत् २०७७ सालको बडादशैंको उपलक्षमा सुख समृद्धिको लागि सबैमा हार्दिक शुभकामना अर्पण गर्दछु !

     

    Email:[email protected]

    प्रतिक्रिया
    थप समाचार